सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतले सूचना लुकाउनमा सक्रियता देखाएको छ ।
मोबाइल नम्बर ९८५८०६६०५५ जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारीले प्रयोग गर्ने नम्बर हो भने ९८५८००५५५५ जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपीले प्रयोग गर्ने सम्पर्क नम्बर हुन् ।
कार्यालयसँग सम्बन्धित सूचना तथा आधिकारिक जानकारीका सम्बन्धमा जिम्मेवार पद सूचना अधिकारी र कार्यालय प्रमुख भएपनि जिप्रका सुर्खेतले भने सूचना दिन आनाकानी गरेका हुन् ।
जसले गर्दा जिप्रका सुर्खेतको कामकारबाहीप्रति आशंका पैदा भएको छ ।
केही दिन अघि मात्र मालपोत प्रकरणका सम्बन्धमा मालपोत कार्यालय सुर्खेतका नायव सुब्बा विश्वरुप सावत र लेखापढी व्यवसायी अम्मरसिंह कटुवाललाई प्रहरीले नियन्त्रणमा लियो तर, हालसम्म पनि प्रहरीले आधिकारिक रुपमा सार्वजनिक गरेको छैन भने मंगलबार दिउँसो प्रहरीले थप २ जनालाई नियन्त्रणमा लिएको छ ।
‘यही विषयमा जानकारी लिनका लागि एसपीलाई सम्पर्क गर्दा सुचनाअधिकारीलाई बुझ्नुस है भनेर सुचनाअधिकारी (डिएसपी) रामप्रसाद घर्तीको नम्बर थमाए ।’
मंगलबार थप दुई जना पक्राउ परेको सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए । यद्यपी, थप बुझेर जानकारी गराउँछु भनेर उनले जानकारी गराउनुको साटो फोन उठाएनन् ।
मंगलबार दिउँसो २ बजेर १३ मिनेटको समयमा दुल्लूखबरकर्मीले फोन गरेका थिए । उनले थप जानकारी केही समयमा बुझेर दिन्छु भने।
तर, बेलुका ४ बजे सम्म उनले जानकारी दिनुको साटो दुल्लूखबरकर्मीको फोन उठाएनन् । त्यो बिचमा पटक–पटक फोन गरिएको छ ।
‘जग्गा विवादका विषयमा हालसम्म चार जना पक्राउ परेका छन् । नाम एकछिन पछि फोन गरेर टिपाउछु ।’
डिएसपी घर्तीले दुल्लूखबर सँग फानेमा भने । उनको टेलिफोनको प्रतिक्षा पछि पटक–पटक फोन सम्पर्क गर्दा उनी सम्पर्कमा आएनन् ।
डिएसपी घर्ती फोन सम्पर्क आएनन् भने जिप्रका प्रमुख एसपीले पनि ‘थप दुई जना पक्राउ परेका हुन् ।
विस्तृतमा बुझेर सम्पर्क गर्छु’ भने । त्यसपश्चात उनी पनि सम्पर्कमा आएनन् अर्थात उनलाई सम्पर्क गरेको टेलिफाने रिसिभ भएन ।
प्रहरीले छानविन वा आरोपमा कुनैपनि व्यक्तिलाई नियन्त्रणमा लिएर सार्वजनिक नगर्नु गैरकानूनी थुनामा राखेको अधिवक्ता दुर्गा सापकोटाले बताए ।
‘प्रहरीले कुनैपनि व्यक्ति पक्राउ गरेपछि सार्वजनिक गर्नुपर्छ’ अधिवक्ता सापकोटाले भने, ‘यदि सार्वजनिक गर्न नमिल्ने हो भने कारण खुलाउनुपर्छ ।
तर, सार्वजनिक पनि नगर्ने र सम्पर्क नआउने कार्य गरिनुहुदैन ।’