Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत दैलेख काेराेना अपडेट अनियमितता वीरेन्द्रनगर नगरपालिका काेराेना कहर सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

प्रचण्डले ओलीलाई भने–तपाईले हारिसक्नुभयो,भित्तामा पु¥याईदिनसक्छु !

दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
६ माघ २०७७
91
SHARES
1k
VIEWS
FacebookTwitter
नेकपा फुटको अन्तिम तयारी : कुन समूहमा को ? (नामावलीसहित)

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड(नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीले लडाइँ हारेको बताएका छन्।
मंगलबार राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको प्रेस संगठनको भेलामा बोल्दै प्रचण्डले अब आफूले ओलीलाई भित्तामा पु¥याइदिने चेतावनी दिए।
उनले अहिलेको प्रतिनिधि सभा विघटन संविधान विघटनको सुरूआत भएको तर्क गरे।
’प्रतिनिधि सभा विघटनको सिफारिसमा राजारमहाराजा गन्ध आएको छ। निरंकुशतामा देशलाई लैजाने प्रक्रिया सुरू भएको छ,’ उनले भने।
आफूले जनआन्दोलन, मधेश आन्दोलन जस्ता कुराको नेतृत्व गर्दै संघीयतासहितका परिवर्तन ल्याएको उल्लेख गर्दै अहिले तिनको हत्या हुन खोज्दा आक्रोश उत्पन भएको बताए।
’प्रसव पीडा सहेर जन्मेको बच्चालाई हत्या गर्न लाग्दा एउटा आमालाई जस्तो हुन्छ, अहिले मलाई त्यस्तै भएको छ,’ प्रचण्डले भने, ’एउटा बघिनीलाई आफ्नो बच्चा अरूले लिएपछि जस्तो हुन्छ त्यस्तै आक्रोश ममा छ। तर मानिसहरूले मेरो भनाइलाई फरक तरिकाले बुझिरहेका छन्।’
केही दिनअघि प्रचण्डले शाकाहारी आन्दोलनले केही नहुने र आफूलाई लाठी खान मन लागेको बताएका थिए। प्रचण्डले उक्त अभिव्यक्तिमार्फत् हिंसात्मक आन्दोलनलाई प्रोत्साहन गरेको भन्दै आलोचना भइरहेको छ।
प्रधानमन्त्री ओलीले ठगी धन्दा गरेको पनि प्रचण्डले आरोप लगाए।

’प्रधानमन्त्री बन्न जे पनि गर्नुभयो। आलोपालो प्रधानमन्त्री हुने सहमति भएकै हो। तर उहाँले कार्यान्वयन गर्नु भएन,’ उनले भने,’पछि ठगीधन्दा गर्नुभयो।’
भारतसँगको ओलीको सम्बन्धलाई इंगित गर्दै प्रचण्डले उनको राष्ट्रवाद खोक्रो भएको बताए।
’उहाँ पहिला जसलाई गाली गर्नुहुन्थ्यो। अहिले उनीहरूसँगै लम्पसार परेर बस्नुभएको छ। म कसैको नाम भन्न चाहन्नँ। तपाईंको यो खोक्रो राष्ट्रवाद हो,’ उनले भने।
पार्टीको विवादले गर्दा संसद विघटन भयो भन्नु कुतर्क भएको प्रचण्डको तर्क छ।
’पार्टीको विवाद पार्टीकै विधानबाट हल गर्ने हो, संसद विघटन गर्ने होइन,’ उनले भने।

ओलीले गरेका गल्तीका कारण आफू माधवकुमार नेपाल लगायत नेताहरूसँग आइपुगेको उनले बताए।

’जुन दिन तपाईंले मेरो कुर्सी फेर्नुभयो त्यही दिनदेखि म आठ जनाका माझ पुगें,’ प्रचण्डले भने,‘तपाईंले त्यसो नगरेको भए म त भावुक मान्छे उतिबेलै लुटुपुटु भइहाल्थें। तपाईंको गल्तीको सामेल हुन सक्थें।’
उनले आफू भावुक भए पनि कठोर पनि हुन सक्ने बताए।
’मैले जनयुद्धको नेतृत्व गरेको हो। कठोर हुन सक्छु। तपाईंले प्रचण्डलाई प्रयोग गरेर माधव नेपाललाई भित्तामा पु¥याउँछु भन्ने ठान्नुभएको थियो। गल्ती गर्नु भयो। तपाईंलाई अब म भित्तामा पु¥याउन सक्छु,’ प्रचण्डले भने।
ओलीले लडाइँ हारिसकेको र कुपात्रका रूपमा इतिहासमा कलंकित भएर रहने प्रचण्डको भनाइ छ।

’प्रतिनिधि सभा विघटनपछि तपाईंको हातमा केही छैन। चिजहरू अन्तै छ,’ उनले भने,‘ मलाई सर्वोच्च र निर्वाचन आयोगप्रति भरोसा छ।’
उनले केपी ओलीका मान्छेहरू नै सूर्य चिन्ह हाम्रो हो र सबैतिर सेटिङ भइसकेकाले संसद विघटन सदर हुन्छ भन्दै हिँडेकाले प्रश्न जन्मिएको बताए।

’मेरो प्रश्न अदालत र आयोगप्रति होइन केपी गुटलाई हो( यस्तो किन भइरहेको छ?’ उनले भने।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

Related Posts

कस्तो बन्दैछ आगामी आव २०७८/७९ को बजेट ?
अर्थ खबर

कस्तो बन्दैछ आगामी आव २०७८/७९ को बजेट ?

निर्वाचन आयोगले भोलि नै पूर्वएमाले र माओवादी केन्द्रलाई चिठी लेख्दै
मुख्य समाचार

निर्वाचन आयोगले भोलि नै पूर्वएमाले र माओवादी केन्द्रलाई चिठी लेख्दै

ओलीले प्रचण्डलाई भने : हप्कीदप्की गर्ने होइन, कानुनको पालना गर्नुस्
राजनीति

प्रचण्ड–माधवलाई ठेगान लगाउने चेतावनी दिँदै ओलीले भने : ११६ सिट जितेको पार्टी भत्काएर २३ सिट जित्नेलाई लौन प्रभु भन्ने ?

विप्लवलाई हेर्न राष्ट्रिय सभागृहमा भिड
राजनीति

विप्लवलाई हेर्न राष्ट्रिय सभागृहमा भिड

काग्रेस अझै अनिर्णीत
राजनीति

नेपाली कांग्रेस संसदीय दलको बैठक : पर्ख र हेर कै अवस्थामा

राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार
राजनीति

राज्यमन्त्री यादवमाथि कुर्सी प्रहार

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

कर्णाली नदीमा हात बाँधेको अवस्थामा दुई बहिनीकाे शव फेला 

कर्णाली नदीमा हात बाँधेको अवस्थामा दुई बहिनीकाे शव फेला 

६ माघ २०७७
आन्दोलनरत वादी समुदायका नागरिकमा सरुवा रोगको संक्रमण

आन्दोलनरत वादी समुदायका नागरिकमा सरुवा रोगको संक्रमण

६ माघ २०७७
धर्नामा बसेका वादी समुदायका महिलाको प्रश्न- नारी दिवस भनेको के हो ?

धर्नामा बसेका वादी समुदायका महिलाको प्रश्न- नारी दिवस भनेको के हो ?

६ माघ २०७७
कस्तो बन्दैछ आगामी आव २०७८/७९ को बजेट ?

कस्तो बन्दैछ आगामी आव २०७८/७९ को बजेट ?

६ माघ २०७७
ठाँटीकाँधमा छात्रालाई बाँडियो म्याद गुज्रेको आइरन, विरोध पछि गरियो फिर्ता

ठाँटीकाँधमा छात्रालाई बाँडियो म्याद गुज्रेको आइरन, विरोध पछि गरियो फिर्ता

६ माघ २०७७
निर्वाचन आयोगले भोलि नै पूर्वएमाले र माओवादी केन्द्रलाई चिठी लेख्दै

निर्वाचन आयोगले भोलि नै पूर्वएमाले र माओवादी केन्द्रलाई चिठी लेख्दै

६ माघ २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.