सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले कर्णालीका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीसमक्ष आर्थिक वर्ष २०७६र७७ वार्षिक प्रतिवेदन पेश गरेको छ ।
संवैधानिक आयोगले केन्द्रमा राष्ट्रपति तथा प्रदेशमा प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन पेश गर्ने व्यवस्थाअनुरूप अख्तियारको सुर्खेत कार्यालयले मंगलवार प्रदेश प्रमुखसमक्ष प्रतिवेदन पेश गरेको हो ।
प्रदेश प्रमुखको कार्यालयमा आयोगका सुर्खेत कार्यालय प्रमुख नारायणप्रसाद रिसालले प्रतिवेदन हस्तान्तरण गरेका छन् ।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख कलौनीले सदाचार निर्माणका लागि आयोगले गरेको कामको प्रशंसा गरे ।
आयोगले तीनओटै तहका सरकारलाई दिएका सुझाव मनन गरी कार्यान्वयन गर्नुपर्नेमा उनले जोड छ ।
साथै भ्रष्टाचारमुक्त प्रदेश बनाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा प्राप्तिमा प्रतिवेदन सहयोगी बन्ने आशा व्यक्त गरे ।
अख्तियार दुरुपयोगका उजुरी आयोगसम्म सहजै पु¥याउने वातावरणका लागि प्रविधिमैत्री व्यवस्थामा जोड दिनुपर्ने उनको सुझाव थियो ।
प्रतिवेदनमा आर्थिक वर्ष २०७६÷७७ मा आयोगमा दर्ता भएका कुल उजुरीमध्ये कर्णाली प्रदेशका ५ दशमलव ८२५ (१०८० ओटा) उजुरी छन्, जुन अन्य प्रदेशको तुलनामा दोस्रो कम हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयका प्रमुख रिसालले कर्णाली प्रदेशमा गत आर्थिक वर्षको अवधिभर १ हजार ८० उजुरी आयोगमा दर्ता भएकामध्ये ६१३ उजुरी फछर्योट तथा ४६७ उजुरी फछ्र्योट हुन बाँकी रहेको र बाँकी उजुरी चालू आर्थिक वर्षमा जिम्मेवारी सरेर आएको जानकारी दिए ।