दैलेख (दुल्लू) । दैलेखकाे दुल्लू नगरपालिकाकाे हिउँदे नगरसभा सुरू भएकाे छ । मुलुकमा प्रतिनिधिसभा विघटन र राष्ट्रिय सभाकाे अधिवेशन अन्त्य भएका अवस्थामा स्थानिय तहका गाउँ तथा नगरसभा भने सुचारू भएका छन् । फलस्वरूप कर्णाली प्रदेशका स्थानीय तहहरूमध्ये पहिलाे हिउँदे नगरसभाकाे रूपमा दुल्लू नगरपालिकाले मंगलबारदेखि सभा सुचारू गरेकाे हाे ।
नगरसभामा चार वटा विधयेक टेवल गर्दै आठ औं नगरसभामा सुरू गरिएकाे नगरप्रमुख घनश्याम भण्डारीले बताए । उनका अनुसार सभामा वडा नम्बर ७ का वडाअध्यक्ष लाल बहादुर रावतले दुल्लू अस्पतालकाे स्तरवृद्धि सम्बन्धी प्रस्ताव टेवल गरेका छन् भने वडा नम्बर १ का वडाअध्यक्ष नयाराम थापाले विपद् जाेखिम न्युनिकरण सम्बन्धी विधयेक पेश गरेका छन् ।
यसैगरी वडा नम्बर ३ का वडाअध्यष कलम खनालले सथानीय वातावरण संरक्षण विधयेक र वडा नम्बर ४ का वडाअध्यक्ष झुपाराम लम्सालले आर्थिक कार्यविधि नियमित गर्ने विधयेक सभामा टेवल गरेका छन् ।
नगरसभामा पेश भएका विधयेक उपर दफावार छलफल गर्दै आगामी माघ १५ गतेसम्मका लागि सभा स्थगित गरिएकाे नगरप्रमुख भण्डारीले बताए ।