Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

दाजुको हत्याको बदला लिन बहिनीको जालः हत्यारालाई प्रेममा फसाइ बोलाएर मार्न खोज्दा…

दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
२८ पुष २०७७
93
SHARES
1k
VIEWS
FacebookTwitter
दाजुको हत्याको बदला लिन बहिनीको जालः हत्यारालाई प्रेममा फसाइ बोलाएर मार्न खोज्दा…

Armed girl in a red dress hides her pistol gun behind her back. Hidden threat. Killer woman.

आफ्ना दाजुको हत्यारालाई मारेर बदला लिनको लागि एक युवतीले निकै खतरनाक जाल बिच्छ्याएको खुलासा भएको छ । ती बहिनीले दाजुको हत्यारालाई पहिले प्रेममा फसाइन् त्यसपछि भेट्न बोलाइन् । जब युवक भेट्न आए उनले युवकलाई अपहरण गराइन् । अपहरणपछि जब युवकलाई जंगलमा लगेर मार्न खोजियो अन्तिममा योजना विफल भयो । इण्डिया टुडेका अनुसार मुम्बइमा भएको यो घटनामा ती युवती र अन्य ५ जनालाई पुलिसले पक्राउ गरेको छ ।

जून २०२० मा मुम्बइको मलाड क्षेत्रमा पार्किङको विषयमा दुई गुटबीच भिडन्त भएको थियो भिडन्तमा मोहम्मद सादिक नामका युवकले २४ वर्षका अल्ताफ शेखको हत्या गरे । हत्यापछि सादिक दिल्ली भागे । यो घटनाले अल्ताफकी बहिनी यासमिनलाई ठूलो धक्का लाग्यो । त्यही समयमै उनले दाजुको हत्याको बदला लिने प्रण गरिन् । उनले आफ्ना दाजु अल्ताफका साथीहरु फारुक शेख (२०), ओवैसी शेख (१८), मनिष सैयद (२०), जाकिर खान (३२) र सत्यम पाण्डे (२३) लाई आफ्नो साथमा मिलाएर सादिकलाई मारेर बदला लिने योजनामा काम सुरु गरिन् ।

https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif
ADVERTISEMENT

अल्ताफको हत्या भएको एक महिनापछि यासमिनले अल्ताफका साथीहरुलाई मालवानी इलाकामा भेटिन् । त्यहाँ सादिकलाई हनीट्रयापमा फसाएर मार्ने योजना बन्यो । यसको लागि यासमिनले फर्जी इन्स्टाग्राम अकाउन्ट बनाइन् र सादिकसँग कुरा गर्न सुरु गरिन् । यस क्रममा उनले सादिकसँग प्रेमको नाटक गरिन् र विस्तारै उनलाई आफ्नो प्रेमजालमा फसाइन् । प्रेमको नाटक गर्दै उनले सादिकलाई मुम्बइ भेट्न बोलाइन् । यासमिनको पटक–पटकको अनुरोधपछि १ हप्ता अघिमात्र सादिक यासमिनलाई भेट्न दिल्लीबाट मुम्बइ पुगे ।

यही शनिबार यासमिनले सादिकलाई मुम्बइको छोटा कश्मिर क्षेत्रमा भेट्न बोलाइन् । तर, भेट्नको लागि त्यहाँ यासमिन आफू गइनन् । त्यहाँ अलताफका ५ जना साथीहरु सादिकलाई पर्खेर बसे । उनीहरु एउटा एम्बुलेन्समा पर्खेर बसेका थिए । जब सादिक त्यहाँ पुगे, पाँचैजनाले मिलेर सादिकलाई अपहरण गरेर एम्बुलेन्समा हाले । उनीहरुले सादिकलाई वसइ नायगांव क्षेत्रको जंगलमा लगेर मार्ने र उनको शव त्यतै व्यवस्थापन गर्ने योजनाअनुसार उनलाई लिएर गए ।

तर, अपहरणको क्रममा एक स्थानीयले उनीहरुले सादिकलाई जबरजस्ती एम्बुलेन्समा हालेको देखेका थिए । ती स्थानीयले पुलिसलाई खबर गरिदिए । त्यसपछि पुलिसले उनीहरुको खोजी थाल्यो । उता एम्बुलेन्समा भागिरहेका बेला एम्बुलेन्सको पेट्रोल सकिएपछि अपहरणकारीहरुले इनोवा कार भाडामा लिए । सादिकलाई लिएर भाग्दै गरेका आरोपीहरुलाई पुलिसले पश्चिमी एक्सप्रेस हाइवेमा दहिसन चेक नाकामा पक्राउ गर्यो र सादिकलाई बचायो । पुलिसले यासमिन र अन्य ५ जना सबैलाई हिरासतमा लिएर अनुसन्धान अगाडि बढाएको छ । पुलिसले अघिल्लो अपराधको लागि सादिकलाई पनि हिरासतमा राखेको छ

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

Related Posts

देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा
समाचार

देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

साना कृषकको ऋण प्रदेश सरकारले तिरिदिने
समाचार

नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले मनाए

राउटेको माघि : केटाकेटीलाई भूत प्रेत नलागोस् भन्दै चल्लाको बली
मुख्य समाचार

राउटेको माघि : केटाकेटीलाई भूत प्रेत नलागोस् भन्दै चल्लाको बली

जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा
मुख्य समाचार

जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा

सहकारी क्षेत्र समाजवाद निर्माणको बलियो आधार : कृषि मन्त्री केसी
कृषी

सहकारी क्षेत्र समाजवाद निर्माणको बलियो आधार : कृषि मन्त्री केसी

मुगुमा आगलागी हुदा ५ घर जलेर नष्ट
मुख्य समाचार

कालीकोटमा बाबुले घरमा आगो लगाउँदा दुई छोराको मृत्यु

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

२८ पुष २०७७
देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

२८ पुष २०७७
मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे २८ गते छलफल हुने

संसद् विघटनविरुद्धको मुद्दा : वृहत पूर्ण इजलासको माग अस्वीकार

२८ पुष २०७७
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ आज

प्रधानमन्त्री कार्यालयले सुटुक्क फिर्ता लग्यो संसद विघटनको निर्णय

२८ पुष २०७७
जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

२८ पुष २०७७
कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

२८ पुष २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.