सुर्खेत । वीरेन्द्रनगरमा २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । सोमबार राप्रपा नेपाल सुर्खेतको आयोजनामा पृथ्वी जयन्ती मनाईएको हो ।
राप्रपाले पृथ्वी नारायण शाहको फोटो राखेर ¥याली निकाल्दै नगर परिक्रमा नै गराएको थियो ।मंगलगढि चोकबाट निकालिएको ¥याली आँखा अस्पताल हुँदै वीरेन्द्रचोकमा आएर सभामा परिणत भएको थियो ।
¥यालीमा सहभागीहरुले ‘राजा आउ देश बचाउ’ गणतन्त्र मुर्दावाद, राजतन्त्र जिन्दावाद’ सहितको नारो लगाएका थिए ।
साथै श्री ५ बडामहाराजधिराज पृथ्वीनारायण शाह अमर रहुन्, राष्ट्रिय एकता दिवस सफल पारौं,हाम्रो राजा हाम्रो देश,प्राण भन्दा प्यारो छ,हिन्दुराष्ट्र कायम गर जस्ता नाराहरु लगाईएका थिए ।
¥यालीमा करिब १ हजार भन्दा बढि मान्छेहरुको सहभागिता रहेको राप्रपा केन्दीय सदस्य सन्तोषी शाहीले दावी गरिन् ।
सभामा बोल्ने वक्ताहरुले गणतन्त्र र संघियता खारेज गरेर २०४६ सालको संविधान लागू गर्नुपर्ने, राजतन्त्र सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्ने, नेपाल एकीकरण गर्ने पृथ्वी नारायण शाहको सम्मान गर्नुपर्ने धारणा राखेका राखेका छन् ।
तस्वीरहरु :