Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

अमेरिकामा कूको प्रयास !

दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
२३ पुष २०७७
91
SHARES
1k
VIEWS
FacebookTwitter
अमेरिकामा कूको प्रयास !

संसारका विभिन्न देशमा आफूलाई मन नपरेका शासनविरुद्ध कू गराउने अमेरिकाले आफ्नै संसद् भवनमा आक्रमण भएको दिन देख्नुपरेको छ ।

राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बुधवार संसद् भवनमा प्रवेश गरेर तोडफोड मच्चाउँदा सांसदहरू सुरक्षाका लागि लुक्न बाध्य भए । जो बाइडनलाई राष्ट्रपति बनाउनका लागि संसद्ले प्रमाणीकरण गरिरहेको बेलामा ट्रम्पका उग्रसमर्थकहरूले लोकतन्त्रको खिल्ली उडाउँदै भवनमा आक्रमण गरेका हुन्

https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif
ADVERTISEMENT

अमेरिका आफूलाई विश्वका लागि लोकतन्त्रको नमूनाका रूपमा प्रस्तुत गर्छ । तर उसको यस दाबीमा शंका गर्नेहरूको संख्या बढिरहेको छ । अब यो घटनापछि त झन् अमेरिकाले आफूलाई लोकतन्त्रको मसिहा भन्न पनि नसुहाउने भएको छ ।

एक निर्वाचित शासकले अर्का निर्वाचित शासकलाई शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न यसरी अस्वीकार गर्नु अनि समर्थकहरूलाई हिंसाका लागि उक्साउनुलाई स्पष्ट रूपमा कूको प्रयास भन्नुपर्ने हुन्छ ।

राष्ट्रपति आफैंले समर्थकहरूलाई हिंसा मच्चाउन निर्देशन दिएका हुन् । उनीहरूले गरेको हिंसा रोक्नका लागि सुरक्षाकर्मीलाई उपराष्ट्रपति माइक पेन्सले आदेश दिएका थिए । पेन्सले ट्रम्प समर्थकहरूलाई तिमीहरू हारिसक्यौ, स्वीकार गर भनी थर्काएको दृश्य पनि हेर्न लायकको रह्यो ।

अमेरिकाको छवि उकास्ने जिम्मेवारी पाएर विभिन्न देशमा खटिएका कूटनीतिकर्मीहरूको शिर लज्जाले झुकिरहेको हुनुपर्छ । लोकतन्त्र प्रवर्द्धन गर्नका लागि अमेरिकाले गरिरहेको प्रयासलाई यस घटनाले नराम्ररी अवमूल्यन गरिदिएको छ । अर्थात् अमेरिकाको सफ्ट पावरमा यसले ठूलै धक्का दिएको छ ।

ट्रम्पका समर्थकहरू यसलाई क्रान्ति भनी व्याख्या गरिरहेका छन् । उनीहरूले क्रान्ति भने पनि यो वास्तवमा राज्यविप्लवको प्रयास हो ।

हुन त अमेरिकी लोकतन्त्र कुनै एक व्यक्तिको सनकका कारण ध्वस्त हुने गरी कमजोर छैन । अमेरिकाका लोकतान्त्रिक संस्थाहरूले यो दुर्भाग्यपूर्ण अवस्थाबाट अगाडि बढ्न सक्षम छन् । तर यसले संसारभरि अमेरिकी छविमा पुगेको आघातबाट बौरिनका लागि लामै समय लाग्नेछ ।

लोकतन्त्र बहाली गर्ने भन्दै संसारका विभिन्न देशमा युद्धको सिलसिला चलाएको अमेरिकाभित्रै हिंसा प्रवेश गरेको छ । यसलाई घरेलु आतंकवादको संज्ञा दिइएको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले लामो समयदेखि आफ्ना नागरिकलाई चिनियाँ शासन प्रणाली स्थिर, समृद्धिका लागि सहायक र संसारका लागि उम्दा नमूना हो भनी बताउँदै आएको छ । ठूलो लोकतन्त्रमा संसद् भवनमाथि आक्रमणको घटनाले चीनको तर्क थप बलियो बनेको छ ।

रुसले पनि अमेरिकी लोकतन्त्रका कमजोरीहरूका विषयमा व्यापक रूपमा सूचना सम्प्रेषण गर्ने गरेको थियो । बुधवारको घटनाले उसलाई पनि खुशी तुल्याएको छ ।

यस परिघटनाले अमेरिकी जनतामा चुनावी लोकतन्त्रप्रति नै वितृष्णा फैलाउन सक्ने आकलन राजनीतिक विश्लेषकहरूले गरेका छन् । यसले लोकतन्त्रको आधारशिलालाई नै हल्लाएको छ ।

अन्य मुलुकका लोकतान्त्रिक परीक्षणका नाममा युद्धका वितण्डा मच्चाउने अमेरिकालाई यस घटनाले पाठ पढाउनुपर्ने हो । संसारको सबभन्दा ठूलो अर्थतन्त्र र सैन्यशक्ति भएको मुलुक विश्व राजनीतिमा विनम्र बन्नका लागि यस घटनाले प्रेरित गर्नुपर्ने हो । जो बाइडनले राष्ट्रपति पदको शपथ खाएपछि अमेरिकी छविलाई उकास्नका लागि भगीरथ प्रयास गर्नुपर्ने हुन्छ ।

यस घटनाले त लोकतान्त्रिक मुलुकहरूको शिखर सम्मेलन गर्ने उनको योजनालाई मजाकमा परिणत गरिदिएको अनुभूति हुन थालेको छ ।

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

Related Posts

दाजुको हत्याको बदला लिन बहिनीको जालः हत्यारालाई प्रेममा फसाइ बोलाएर मार्न खोज्दा…
अन्तर्राष्ट्रिय

दाजुको हत्याको बदला लिन बहिनीको जालः हत्यारालाई प्रेममा फसाइ बोलाएर मार्न खोज्दा…

अफगानिस्तानमा सुरक्षा कारबाही, २४ तालिवान लडाकु मारिए
अन्तर्राष्ट्रिय

अफगानिस्तानमा सुरक्षा कारबाही, २४ तालिवान लडाकु मारिए

कस्तो होला सन् २०२१ ?
अन्तर्राष्ट्रिय

कस्तो होला सन् २०२१ ?

अलिपेसमेत ८ ओटा चिनियाँ एपमाथि ट्रम्पले लगाए प्रतिबन्ध
अन्तर्राष्ट्रिय

अलिपेसमेत ८ ओटा चिनियाँ एपमाथि ट्रम्पले लगाए प्रतिबन्ध

कोरोना दोस्रो लहर आए देशले ठूलो क्षति व्यहोर्छः विज्ञ
अन्तर्राष्ट्रिय

कोरोना दोस्रो लहर आए देशले ठूलो क्षति व्यहोर्छः विज्ञ

थप शक्तिशाली बन्दै चिनियाँ राष्ट्रपति शी
अन्तर्राष्ट्रिय

थप शक्तिशाली बन्दै चिनियाँ राष्ट्रपति शी

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टिकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

२३ पुष २०७७
देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

देउती बज्यैमा भक्तजनहरु बढ्न थाले, २० लाख रकम जम्मा

२३ पुष २०७७
मन्त्रिपरिषद् विस्तार गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश, अन्तरिम आदेशबारे २८ गते छलफल हुने

संसद् विघटनविरुद्धको मुद्दा : वृहत पूर्ण इजलासको माग अस्वीकार

२३ पुष २०७७
मन्त्रिपरिषद् विस्तारविरुद्ध परेको रिटको सुनुवाइ आज

प्रधानमन्त्री कार्यालयले सुटुक्क फिर्ता लग्यो संसद विघटनको निर्णय

२३ पुष २०७७
जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

जिल्ला समन्वय प्रमुखसहित पाँचजना जुवा खालबाट पक्राउ

२३ पुष २०७७
कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

कक्षा १२ को परीक्षा नतिजा एक साताभित्र

२३ पुष २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.