कैलाली । सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले आफ्नो पदबाट राजीनामा दिएका छन् ।
मन्त्रालयमा बुधवार अपरान्ह आयोजित पत्रकार सम्मेलनमा उनले राजीनामाको घोषणा गरेका हुन् ।विद्यमान राजनीतिक परिस्थितिका कारण मन्त्रिपरिषद्मा रही काम गर्ने वातावरण नभएकाले आफूले राजीनामा दिएको उनले बताए ।
उनी नेपाल कम्युनिष्ट पार्टी(नेकपा) मा प्रधानमन्त्री केपी शर्मा ओलीपक्षीय मानिन्छन् ।