Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

एक वर्षमा १५.८ प्रतिशतले बढ्यो बैंकहरूको कर्जा प्रवाह, कुन बैंकले कति बढाए?

दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
२० पुष २०७७
90
SHARES
998
VIEWS
FacebookTwitter
एक वर्षमा १५.८ प्रतिशतले बढ्यो बैंकहरूको कर्जा प्रवाह, कुन बैंकले कति बढाए?
https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif

आजभन्दा ठीक दुई वर्षअघि वाणिज्य बैंकहरूले मुद्दतीमा १३ प्रतिशतसम्म ब्याज तोकेर निक्षेप खोसाखोस गर्थे। त्यतिबेला कर्जाको माग धेरै थियो भने स्रोत अभाव थियो।

अहिले अवस्था फेरिएको छ, सीमित अफरबाहेक एक वर्षभन्दा कमको मुद्दती निक्षेपमा अधिकतम ब्याज नै साढे ७ प्रतिशतमा झरेको छ। किनभने अहिले स्रोत बढी छ, कर्जाको माग न्यून।

यहाँसम्म कि केही बैंकहरू मुद्दती निक्षेप नै संकलन नहोस् भन्ने चाहन्छन्।

यसको ज्वलन्त उदाहरण हो– एसबिआई बैंक। बैंकले मुद्दती खातामा दिने ब्याज ४ प्रतिशत तोकेको छ। जबकि धेरै बैंकले बचतमै सो ब्याज दिन्छन्। सो ब्याज हाल कायम मुद्रास्फितिभन्दा पनि कम हो।

कहिले अभाव त कहिले अधिक तरलता दुवै बैंकको व्यवसाय विस्तारका लागि बाधक बन्ने गरेको छ।

तोकिएको अनुपात कायम राख्दै संकलित निक्षेपबाट कर्जा प्रवाह गर्नु बैंकहरूको मुख्य बिजनेस हो। निक्षेपकर्तालाई दिएको ब्याज र ऋणीबाट लिने ब्याजको अन्तर नै बैंकहरूको मुख्य आम्दानीको स्रोत हो।

यतिबेला निक्षेपकर्ता होइन, ऋणी नै खोसाखोस हुन थालेका छन्। केही सस्तो ब्याजको अफर दिएर ऋण सार्न बैंकहरू लागेका छन्।

कोरोना महामारीका बेला गरिएको लकडाउनका कारण करिब ४ महिनासम्म बैंकहरूबाट जाने नयाँ कर्जा ठप्पप्रायः रह्यो। अहिले अधिक तरलताका कारण कतिपय बैंकको ब्याज लागत नै बढेको छ। निक्षेपकर्तालाई ब्याज दिइरहनुपर्ने, तर सो रकम बैंकमा निष्क्रिय रहँदा लागत बढ्न जान्छ।

लकडाउन खुलेपछि बैंकहरू ऋण विस्तारका लागि आक्रामक देखिएका छन्। कोरोना महामारीका वावजुद एक वर्षमा बैंकहरूको ऋण प्रवाह १५.८ प्रतिशत बढेको छ।

कात्तिक मसान्तसम्म २७ वाणिज्य बैंकहरूले ३६ खर्ब ४८ अर्ब रूपैयाँ निक्षेप संकलन गरी ३० खर्ब ५४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन्। गत वर्ष कात्तिक मसान्तसम्म २६ खर्ब ३७ अर्ब कर्जा प्रवाह गरेका थिए।

क्रमिक रूपमा अहिले ऋण माग समेत बढ्दै गएको देखिन्छ।

नेपाल बैंकर्स एसोसिएसनको तथ्यांकअनुसार पछिल्ला तीन साता मात्रै कर्जा प्रवाह ५६ अर्ब बढेको छ, जबकि सो अवधिमा निक्षेप जम्मा ४४ अर्ब बढेको छ। पछिल्लो समय माग आउन थालेकाले क्रमिक रूपमा ऋण विस्तार बढ्दै जाने बैंकर्सको अनुमान छ।

‘लकडाउनको प्रभावले बन्द रहेका वा न्यून क्षमतामा चलेका उद्योग तथा व्यवसाय क्रमिक रूपमा सञ्चालनमा आउन थालेसँगै ऋणको माग बढेको हो,’ एनएमबी बैंकका सिइओ सुनिल केसीले सेतोपाटीसँग भने।

अर्कोतर्फ नयाँ व्यवसायमा पनि ऋणको माग आउन थालेको उनले बताए। आयात बढ्दै जाँदा ‘ट्रष्ट रिसिप्ट लोन’ समेत बढ्न थालेको छ।

व्यवसायीले सामान आयात गर्दा सोको रकम बैंकहरूले तिरिदिने र ऋणीले सामान बिक्री गर्दै क्रमिक रूपमा बैंकको ऋण तिर्दै जानेगरी दुवै पक्षबीच हुने एक सम्झौता नै ट्रष्ट रिसिप्ट हो। आयात नहुँदा यस्तो ऋण प्रवाह हुन सकेको थिएन।

संकलित निक्षेप र मूल पुँजीबाट ८५ प्रतिशतसम्म बैंकहरूले कर्जा प्रवाह गर्न पाउने व्यवस्था छ। तर अहिले औसतमा ७३ प्रतिशत मात्रै प्रवाह भएको छ।

कात्तिक मसान्तसम्म बैंकहरूको कर्जा प्रवाह हेर्दा स्ट्यान्डर्ड चार्टड र एभरेष्ट बैंकको व्यवसाय सुस्ताएको छ। एसबिआईको कर्जा प्रवाह भने घटेको छ।

मर्ज तथा एक्वीजिसनको प्रभावले केही बैंकको कर्जा प्रवाह उच्च दरले बढेको देखिन्छ। मेगाले गण्डकी विकास बैंकलाई प्राप्ती गरेकाले उसको कर्जा वृद्धि सबभन्दा धेरै ६४ प्रतिशत देखिएको छ।

प्राइम कमर्सियलले कैलाश विकास बैंकलाई प्राप्ती गरेकाले उसको कर्जा प्रवाह ४० प्रतिशतले बढेको छ भने कुमारीले देव विकास बैंकलाई प्राप्ती गरेकाले कर्जा प्रवाह करिब ४७ प्रतिशतले बढेको छ।

एनआइसी एसिया बैंक व्यवसाय विस्तारका लागि आक्रामक देखिएको छ। बैंकको कर्जा प्रवाह ३१ प्रतिशतले बढेको छ।

सो बैंकले कात्तिक मसान्तसम्म सबैभन्दा धेरै २ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्षको सोही अवधिमा बैंकले १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

तथ्यांकमा हेर्नुस्, कर्जा विस्तारमा कुन बैंक कति आक्रामक?

बैंक कर्जा २०७६ कात्तिकसम्म कर्जा २०७७ कात्तिकसम्म परिवर्तन (प्रतिशतमा)
नेपाल ९८  अर्ब ५१ करोड १ खर्ब ११ अर्ब १३.२
राष्ट्रिय वाणिज्य १ खर्ब ४६ अर्ब १ खर्ब ५३ अर्ब ४.७
नविल १ खर्ब ४१ अर्ब १ खर्ब ७० अर्ब २०.५
इन्भेष्टमेन्ट १ खर्ब ३९ अर्ब १ खर्ब ४७ अर्ब ५.७
स्टान्डर्ड चार्टड ५४ अर्ब ५५ अर्ब १.८
हिमालयन १ खर्ब २ अर्ब १ खर्ब ९ अर्ब ६.८
एसबिआइ ९३ अर्ब ९० अर्ब (३.२)
नेपाल बंगलादेश ५८ अर्ब ६० अर्ब ३.४
एभरेष्ट १ खर्ब १४ अर्ब १ खर्ब १६ अर्ब १.७
बिओके ७८ अर्ब ८५ अर्ब ८.९
एनसिसी ६५ अर्ब ७३ अर्ब १२.३
एनआइसी एसिया १ खर्ब ६१ अर्ब २ खर्ब ११ अर्ब ३१
माछापुच्छ्रे ८६ अर्ब ६६ करोड १ खर्ब १६
कुमारी ८१ अर्ब १ खर्ब १९ अर्ब ४६.९
लक्ष्मी ८२ अर्ब ८९ अर्ब ८.५
सिद्धार्थ १ खर्ब १४ अर्ब १ खर्ब ३२ अर्ब १५.७
कृषि विकास १ खर्ब १३ अर्ब १ खर्ब २५ अर्ब १०.६
ग्लोबल आइएमई १ खर्ब ९५ अर्ब
(तत्कालीन जनतासहित)
२ खर्ब ५ अर्ब ५.१२
सानिमा ८६ अर्ब ९८ अर्ब १३.९
सिटिजन्स ६८ अर्ब ८५ अर्ब २५
प्राइम कमर्सियल ८३ अर्ब १ खर्ब १७ अर्ब ४०
सनराइज ७३ अर्ब ८५ अर्ब १६
एनएमबि १ खर्ब १४ अर्ब १ खर्ब ३५ अर्ब १८.४
प्रभु ९६ अर्ब १ खर्ब २१ अर्ब २६
मेगा ७५ अर्ब १ खर्ब २४ अर्ब ६५
सेन्चुरी ६१ अर्ब ६६ अर्ब ८.१
सिभिल ४६ अर्ब ५९ अर्ब २८

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

Related Posts

देशको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने
अर्थ खबर

देशको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?
अन्तर्राष्ट्रिय

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो
Uncategorized

जग्गाधनीलाई जानकारी नभएरै ६ कित्तामा जग्गा बेचियो

जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा
अर्थ खबर

जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा

अर्थतन्त्रमा सुधारको सङ्केत
अर्थ खबर

अर्थतन्त्रमा सुधारको सङ्केत

तरकारी खेतीबाटै बदलिएको कुमालखाडा बासिको दिनचर्या !
अर्थ खबर

तरकारी खेतीबाटै बदलिएको कुमालखाडा बासिको दिनचर्या !

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

नेकपा फुटको अन्तिम तयारी : कुन समूहमा को ? (नामावलीसहित)

प्रचण्डले ओलीलाई भने–तपाईले हारिसक्नुभयो,भित्तामा पु¥याईदिनसक्छु !

२० पुष २०७७
देशको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने

देशको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने

२० पुष २०७७
चुनावको तयारीमा निर्वाचन कार्यालय,

चुनावको तयारीमा निर्वाचन कार्यालय,

२० पुष २०७७
रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी

रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी

२० पुष २०७७
जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा

मालपोत प्रकरण : थप २ जना पक्राउ

२० पुष २०७७
कर्णालीको गण्डकीमाथि पाँच विकेटको जित

कर्णालीको गण्डकीमाथि पाँच विकेटको जित

२० पुष २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.