सुर्खेत । कर्णाली प्रदेश सरकारका ओली पक्ष एक मन्त्रीसहित एक जना सांसद प्रचण्ड–नेपाल पक्षमा लागेका छन्।
ओली पक्षबाट कर्णाली प्रदेश सरकारमा प्रतिनीधित्व गर्ने सामाजिक विकासमन्त्री दल रावल र जुम्लाका सांसद पदम रोकाया प्रचण्ड–नेपाल पक्षमा लागेका हुन् ।
प्रचण्ड–नेपाल समुहका दुईजना सांसद धर्मराज रेग्मी र ठम्मर विष्ट ओली समूहमा लागेपछि उनी दबावमा रहेको मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार सुरक्षित भएको छ ।
यो समिकरणले कर्णालीमा प्रचण्ड–नेपाल पक्षका २१ जना सांसद पुगेका छन् ।कर्णाली प्रदेशसभामा ४० प्रदेशसभा सदस्यमध्ये ३३ जना नेकपाका सांसद रहेको थिए ।
केन्द्रमा आएको फुटसँगै नेकपा कर्णाली प्रदेशमा ३३ सांसदमध्ये प्रचण्ड–नेपाल पक्षका १९ जना सांसद रहेका थिए ।
ओली पक्षका १४ जना सांसद रहेका थिए । अब प्रचण्ड–नेपाल समूहमा २१ जना सांसद रहेका छन् भने, ओली पक्षमा १२ जना सांसद रहेका छन् ।
कर्णालीमा प्रदेश सरकार बनाउनका लागि २१ जना सांसदको आवश्यक पर्ने भएका कारणले दुवै पक्षसँग सरकार बनाउन बहुमत थिएन्।
पदम रोकायाले आफ्नो फेसबुकमा यस्तो लेखे :
ओली पक्षका दुई सांसद प्रचण्ड–नेपाल पक्षमा आएका कारणले पूर्ण बहुमत पुगेको प्रचण्ड–नेपाल पक्षका सांसद तथा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) प्रमुख सचेतक सिता नेपालीले बताइन् । ‘यसभन्दा अघि हाम्रो बहुमत पुगेको थिएन् ।’ उनले भनिन्,‘दुई जना सांसद हाम्रो पक्षमा आएका कारण स्पष्ट बहुमत पुगेको छ ।’
मन्त्री बुढा अन्तिममा धरमर्मराए
ओली समूहको कित्ता परिवर्तन गरेर प्रचण्ड–नेपाल समुहमा परिवर्तन गर्न तयार भएका कर्णाली प्रदेश उद्योग, पर्यटन तथा वन मन्त्री नन्दसिंह बुढा अन्तिममा हच्किएका छन् ।
मन्त्री बुढा, प्रदेश सांसद पदम रोकाया र हुम्लाका केही जिल्ला नेतासहित प्रचण्ड–नेपाल समुहमा प्रवेश गर्न पेरिस डाँडा पुगेका कर्णाली प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल पेरिस डाँडापुग्दा पनि मन्त्री बुढा नआएको स्रोतले जानकारी दियो । ‘
मन्त्री रावल र बुढासहितको टोली कित्ता परिवर्तन गर्ने तय भएको थियो ।’ उनले भने,‘खै किन आउनु भएन त्यसको जानकारी भएन ।
ओली समूह छाडेर मन्त्री बुढा पनि प्रचण्ड–नेपाल पक्षमा आउने तयारी थियो ।’