सुर्खेत । कर्णाली प्रदेश सभाका अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति चढ्ने गाडी बिहिवार राती अज्ञात समुहले आगजनि गरेको छ ।
जाजरकोटबाट निर्वाचित प्रदेश सभा सांसद एवं समितिका सभापति गणेशप्रसाद सिंह चढ्दै आएको कर्णाली प्रदेश ०२ ००१ झ ००४० नम्बरको गाडी जाजरकोटमा आगजनी भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार गाडी भेरि नगरपालिका–७ पुन्मा भन्ने स्थानमा राखिएको थियो । अज्ञात समुहले गएराती १० बजेतिर पेट्रोल छर्केर पुर्ण रुपमा क्षति बनाएको छ ।
गाडी राखेर घरमा बस्नु जानुभएको रहेछ,’प्रहरी प्रमुख (डिएसपी) किशोर श्रेष्ठले भने ,‘गाडी कुन परियोजनामा पुन्मा गएको भन्ने खुलेको छैन् । प्रहरीको टोलि सम्बन्धीत स्थानमा गएको छ ।”
सडक छेउमा पार्किङ गरी राखिएको उक्त गाडी राति १० बजेतिर अपरिचित समूहले जलाएको डीएसपी किशोर श्रेष्ठले बताए ।
‘हामी खाना खाने भनेर तयारी गरिरहेका थियौँ, बाहीर थपक्कै आगो बल्यो, साथिहरुले हो–हाल्ला गर्नुभयो, प्रहरी र हामी त्यहाँ जाँदा त पेट्रोल छर्केर चारैतिरबाट आगो लगाईएको भेटियो,’ सांसद सिंहले भने, ‘ आगो लगायर भागेकोले अहिले सम्म को हुन के हुन भन्ने पत्तो छैन्।’
पुष्पकमल दाहाल–माधवकुमार नेपाल नेतृत्वको नेकपाका नेतासमेत रहेका सभापति सिंहलगायत नेता कार्यकर्ताले भेरी नगरपालिका ७, स्याउलीमा शुक्रबार हुने पार्टी कार्यक्रममा जान उक्त गाडी प्रयोग गरिएको भनिएको छ ।
यद्यपी, सिंहले भने,’ विभिन्न योजनाहरुको अनुगमन गर्न गईएको बताए ।
सम्बन्धीत समाचार
- घाँस बोक्ने सरकारी गाडीलाई ५ सय जरिवाना
- अर्थ व्यवस्था समितिका सभापतिको गाडी : शनिबार घाँस बोक्छ, छोरो पुर्याउँछ