सुर्खेत । कर्णाली प्रदेश सरकारले केही दिन अघि मात्रै गठन गरेको खेलकुद परिषद विवादिता बनेकाे छ । योग्यताक्रम मिचेर सदस्य सचिव नियुक्ति गरेको भन्दै सदस्य सचिवका प्रतिस्पर्धी ऋषि गिरीले उच्च अदालत सुर्खेतले मुद्दा दायर गरेपछि विवादमा तानिएको हो ।
हुनत कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आफ्नो गृह जिल्लाका व्यक्तीलाई नियुक्ती गरे भनेर आलोचना नभएको होईन् ।
यो पनि पढ्नुहोस :
मुख्यमन्त्री शाहीको जोडबलमा प्रदेश खेलकुद परिषद सदस्य सचिवमा सन्ज्याल नियुक्त
परिषद्को अध्यक्षमा सामाजिक विकास मन्त्री र सोही मन्त्रालयका सचिव परिषद्को सचिव रहने व्यवस्था भएपनि मुख्यमन्त्री शाहीले आफु निकट व्यक्तीलाई नियुक्ती गरेका थिए ।
पुस ६ गते प्रदेश मन्त्रिपरिषद्ले कालिकोटका विश्वमित्र सन्ज्याललाई प्रदेश खेलकुद परिषद्को सदस्य सचिव नियुक्त गरेको थियो ।
प्रतिस्पर्धाबाट बाहिरिएका गिरीले सोमबार कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय सुर्खेतविरुद्ध दायर गरेको मुद्दामा न्यायाधीश नहकुल सुवेदीको एकल इजलासले मंगलबार कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको नाममा कारण देखाऊ आदेश जारी गरेको छ ।
सदस्य सचिव छनौट समितिका अनुसार अदालतमा मुद्दा दायर गर्ने गिरी वरियताको दोस्रो नम्बर र सदस्य सचिवमा नियुक्त भएका सञ्ज्याल तेस्रो नम्बरमा परेका थिए ।
गिरीले मुख्यमन्त्री शाहीले खेलकुद् परिषदको विधिविधान र नियम विपरित सदस्य सचिव नियुक्ति गरेको आरोप लगाएका छन् ।
इन्जिनियरसमेत रहेका सन्ज्याल यसअघि राष्ट्रिय खेलकुद परिषद्मा भौतिक पूर्वाधार निर्माण शाखामा कार्यरत थिए।
कर्णाली प्रदेश सरकारको पुस ६ गते बसेको बैठकले सन्ज्यालको नियुक्तिसँगै ९ सदस्यीय खेलकुद परिषद गठन गरेको थियो। जसमा प्रदेश खेलकुद परिषद्ले उपाध्यक्षमा वीरेन्द्रनगर–४ का प्रमोद हमाल र जुम्लाका खेलाडी सरोज शाही, दैलेखका हेमा खड्का, हुम्लाका टक्कबहादुर शाही, सल्यानकी भुमाकुमारी बुढाथोकी र जाजरकोटका मोहनराज घर्ती छन् ।