बेलायतको संसदले यूरोपेली संघ (ईयू) सँगको ब्रेक्जिटपछिको व्यापार सम्झौता पारित गरेको छ ।
बुधवार बेलायती संसदबाट सो सम्झौता पारित भएको हो । सम्झौता शुक्रवारदेखि लागू हुँदैछ ।
लामो समयको वार्तापछि दुई पक्ष बीच व्यापार सम्झौता भएको थियो ।
उक्त सम्झौता ईयूबाट यसअघि नै पारित भइसकेको छ । सम्झौताप्रति बेलायतको लेबर पार्टीले भने आपत्ति जनाउँदै आएको छ ।
सम्झौताले सेवा, माछा मार्ने अधिकारलगायत व्यापारमा आफ्नो अडान कायम राख्न नसकेको आरोप लेबर पार्टीले लगाउँदै आएको छ ।
उत्तरी आयरल्याण्डको मान्यता अझै पनि अनिश्चित छ । बेलायत आधिकारिक रुपमा करीब एक वर्षअघि ईयूसँग छुट्टिएको थियो ।
अहिलेसम्म बेलायतले व्यापार, यातायात, ऊर्जालगायत क्षेत्रमा ईयूको नियमको पालना गर्दै आएको थियो ।
शुक्रवारदेखि यी सबै क्षेत्रमा अहिले भएका सम्झौता अनुसारको नियम लागू हुनेछ ।