वाशिङटन डीसी (अमेरिका) । अमेरिकाले यूरोपेली संघबाट आयात हुने निश्चित वस्तुहरुमा अतिरिक्त महसुल बढाएको छ । बुधवार अमेरिकी व्यापार अधिकारीहरुले यस्तो बनाएका हुन् ।
महसुल लागेको वस्तुहरुमा विमानसँग सम्बन्धित् पार्ट्स र फ्रान्स र जर्मनीका वाइन रहेका छन् । अमेरिका र ईयूबीच नागरिक विमान बीच जारी विवाद बीच अमेरिकाले यस्तो कदम चालेको हो ।
आफूहरुले विमानका म्यानुफ्याक्चरिङ पार्टसका साथै जर्मनी र फ्रान्सबाट आउने निश्चित नन–स्र्पाकलिङ वाइन, कग्न्याक्स र अन्य ब्रान्डीहरुमा अतिरिक्त मसहुल लगाएको एक विज्ञप्तिमा अमेरिकी व्यापार प्रतिनिधिको कार्यालयले बताएको हो ।
महसुल कहिलेदेखि लागू हुन्छ र आगामी दिनमा के कस्ता वस्तुमा महसुल लाग्न सक्छ भन्ने बारे कार्यालयले केही पनि बताएको छैन । यो विगत १६ वर्षदेखि नागरिक विमानमा सहुलियत दिएकोबारे अमेरिका र ईयूबीच जारी विवादको हिस्सा हो । एजेन्सी