Dullu Khabar
Advertisement
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
TRENDING
कर्णाली प्रदेश सुर्खेत काेराेना अपडेट दैलेख अनियमितता काेराेना कहर वीरेन्द्रनगर नगरपालिका सडक दुर्घटना
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper
No Result
View All Result
Dullu Khabar
No Result
View All Result

सुन्तलाबाट जुस बनाउँदै जाजरकोटका कृषक

दुल्लुखबर संवाददाता by दुल्लुखबर संवाददाता
१६ पुष २०७७
90
SHARES
998
VIEWS
FacebookTwitter
सुन्तलाबाट जुस बनाउँदै जाजरकोटका कृषक
https://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gifhttps://dullukhabar.com/wp-content/uploads/2020/10/add-telor-young.gif

जाजरकोट । सुन्तलाको व्यावसायिक खेतीसँगै जाजरकोटका कृषक अब जुस बनाउन सक्रिय भएका छन् । केही वर्षअघि सडक सञ्जाल नहुँदा डोकोमा बोकेर बजारसम्म सुन्तला ल्याउने कृषक अहिले यातायातका साधन गाउँगाउँमा पुगेसँगै सुन्तला राखेर ढुवानी गरी देशका विभिन्न ठाउँमा पुर्‍याउन थालेका छन् ।

सबै ग्राहकका आँखा लाग्ने सुन्तला विक्री वितरण भए पनि कम आँखा लाग्ने सुन्तलाबाट (साना सुन्तला) जुस बनाउने कामसमेत शुरु गरिएको छ ।

सुन्तलालाई खेर जान नदिन र कृषकलाई अर्थ आर्जनमा थप टेवा दिन र व्यावसायिकरूपमा सक्षम बनाउन प्रधानमन्त्री कृषि आधुनिक परियोजना, परियोजना कार्यान्वय एकाइ जाजरकोटले यो काम थालेको कार्यालय प्रमुख पीताम्बर बस्नेतले जानकारी दिए ।

उनले भने, ‘वास्तवमा साना सुन्तला जुन विक्री हुँदैनन्, ग्राहकले किन्न मन पराउँदैनन् त्यस्ता साना सुन्तलाको जुस बनाउँदा राम्रो सदुपयोग हुने अनुभव गरियो ।

सोहीअनुसार कृषकसँग हाम्रो सहकार्य जारी छ ।’ जिल्लाभरिका अगुवा कृषकको भेला गराई सुन्तलाबाट जुस निकाल्न तालिम दिएको परियोजनाले कृषकलाई नयाँ सीप, उपकरणसमेत हस्तान्तरण गरिरहेको छ । जिल्लाका नलगाड नगरपालिका र कुशे गाउँपालिकामा सबैभन्दा बढी सुन्तला खेती हुँदै आएको छ । केही समयअघि जुनारको जुस बनाउने काममा लागेको परियोजना कार्यान्वयन कार्यालयले अब सुन्तलाको जुस बनाउन अगुवा कृषकलाई तालिमसमेत दिएको छ ।

तालिमबाट सिकेको सीप गाउँगाउँमा गएर अन्य कृषकले पनि सिक्ने कार्यालयको भनाइ छ । २२ जना अगुवा कृषकले पहिलोपटक जुस बनाउने तालिम लिएका छन् । अघिल्लो वर्ष जुस बनाउने एउटा जुसर मेसिन रातोपाण्डा कृषि सहकारीलाई दिइएको थियो । अब सुन्तला जुस बनाउने जुसन मेसिन अन्य पालिकामा उपलब्ध गराउने परियोजनाको लक्ष्य रहेको प्रमुख बस्नेतले जानकारी दिए ।

अहिले कोरोनाका त्रासका कारण जात्रा, मेला र हाटबजार नलाग्दा जाजरकोटमा उत्पादन भएको सुन्तला विक्री, वितरण कम भएको कुशे गाउँपलिका–५ दमदालाका अगुवा कृषक शक्ति ओलीले जानकारी दिए । सुन्तला विक्री कम भए पनि जुस बनाएर सबैको हातमा जुस पुर्‍याउने अभियानमा लागेको कृषक ओलीले बताए ।

उनले भने, ‘सुन्तला विक्री गरी घरको सबै आवश्यकता पूरा गर्दै आएको अवस्था छ ।’ त्यस्तै अर्का अगुवा कृषक नलगाड नगरपालिका–३ का कमल पुनले भने, ‘गाउँघरमा पाहुनालाई नासोका रूपमा प्रयोग हुँदै आएको सुन्तलाले अब व्यावसायिक अभ्याससँगै अर्थआर्जनको मुख्य भाग भएको छ । खाली जमिनभरि सुन्तला लगाएर गाउँभरि सुन्तलामय भएको छ ।’

कृषक अब व्यापारी भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजनाले कृषकलाई सुन्तला हुर्काउन, बढाउन र स्वस्थ राख्नका लागि विभिन्न व्यावसायिक सीप सिकाउँदै आएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइले नौ सदस्यीय सुन्तला जात फलफूल जोन सञ्चालन समन्वय समिति गठन गरेको छ । रासस

Share this:

  • Click to share on Twitter (Opens in new window)
  • Click to share on Facebook (Opens in new window)

Related Posts

देशको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने
अर्थ खबर

देशको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने

चुनावको तयारीमा निर्वाचन कार्यालय,
राजनीति

चुनावको तयारीमा निर्वाचन कार्यालय,

रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी
राजनीति

रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी

जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा
मुख्य समाचार

मालपोत प्रकरण : थप २ जना पक्राउ

रुकुम पश्चिममा  कांग्रेस–नेकपाबिच झडप, ४ घाईते
राजनीति

रुकुम पश्चिममा कांग्रेस–नेकपाबिच झडप, ४ घाईते

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै
पत्रपत्रिका

१ लाख म्यादी प्रहरीको भर्ना खोलिँदै

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

https://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpghttps://dullukhabar.com/wp-content/uploads/2020/11/add-ward-thatikadh-scaled.jpg
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741
//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741//azoaltou.com/afu.php?zoneid=3670741

भर्खर

नेकपा फुटको अन्तिम तयारी : कुन समूहमा को ? (नामावलीसहित)

प्रचण्डले ओलीलाई भने–तपाईले हारिसक्नुभयो,भित्तामा पु¥याईदिनसक्छु !

१६ पुष २०७७
देशको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने

देशको अर्थतन्त्र उकास्न साढे ६ खर्ब लाग्ने

१६ पुष २०७७
चुनावको तयारीमा निर्वाचन कार्यालय,

चुनावको तयारीमा निर्वाचन कार्यालय,

१६ पुष २०७७
रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी

रुकुम पश्चिमको राडी बजार प्रशासनद्वारा निषेधाज्ञा जारी

१६ पुष २०७७
जग्गाधनीलाई पत्तै नदिएर अर्काको नाममा जग्गा, मालपोतका आरोपी नासु प्रहरी नियन्त्रणमा

मालपोत प्रकरण : थप २ जना पक्राउ

१६ पुष २०७७
कर्णालीको गण्डकीमाथि पाँच विकेटको जित

कर्णालीको गण्डकीमाथि पाँच विकेटको जित

१६ पुष २०७७
Dullu Khabar

सूचना विभागकाे दर्ता नं. : ६७०/२०७४-७५
ठेगाना : वीरेन्द्रनगर -८, सुर्खेत
सम्पर्क फाेन : ०८३-५२१२५९/९८६८९२४३३१
इमेल : info.dullukhabar@gmail.com
हाम्राे टिम
अध्यक्ष : शेर बहादुर शाही
प्रबन्धक निर्देशक : शुवर्ण शाही
सम्पादक : इश्वरराज भण्डारी
कार्यकारी सम्पादक : नविन शाही
सह-सम्पादक : पंखबहादुर शाही

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय


विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

मनोरञ्जन

  • फलाे-अप
  • गसिप
  • बलिउड / हलिउड
  • भिडियो
  • ताजा समाचार

हाम्राे फेसबुक पेज

  • हाम्रो बारेमा
  • हाम्रो टिम
  • सम्पर्क
  • Preeti to Unicode

© 2019 DulluKhabar.Com | By: HostMero.

No Result
View All Result
  • होम
  • समाचार
    • स्थानीय
    • प्रदेश
    • राष्ट्रिय
    • अन्तर्राष्ट्रिय
  • समाज
  • अर्थ खबर
  • खेलकुद
  • मनाेरञ्जन
    • Videos
  • विशेष
  • सूचना प्रबिधि
  • विचार/ब्लग
  • अन्य
    • पत्रपत्रिका
    • प्रवास
    • रोचक
    • जीवन शैली
    • धर्म संस्कृति
    • शिक्षा
    • स्वास्थ्य
  • Video
  • Epaper

© 2019 DulluKhabar.Com | By: HostMero.