सुर्खेत । दैलेखको आठबीस नगरपालिका–४ राकम कर्णालीका हिक्मत माझीले ६ बर्ष विदेशमा बिताए । तर, आफ्नो माटोमा बगाएको पसिना विदेशको भन्दा धेरै फलदायी हुने सोचेर उनी केही समय पहिल स्वदेश फर्किए । जती धेरै दुख पसिना बगाएपनि सोचेजस्तो हुँदो रहेनछन् विदेशमा,’उनले भने ।
अब उनको विदेश फर्किने चाहना छैन्। स्वदेशमै केही अठोटका साथ कतारदेखि फर्किएका उनको गाउँकै केही गर्ने चाहना छ । सोही चाहना अनूरुपनै ‘नैनेलमाण्डु कृषि तथा पशुपंक्षी पालन कृषि समुह’ सञ्चालनमा ल्याएका छन् हिक्मतले ।
अब स्वदेशमै रमाउने, यहीँको माटोमा श्रम र पसिनाले आयआर्जन गर्ने लयमा छन् उनी । उनी गाउँका अरू युवालाई पनि विदेश नजान अनुरोध गर्छन्।
‘कृषि तथा पशुपालनमै केही गर्न सकिन्छ भन्ने लागेको छ,’ माझीले भने, ‘ आफ्नो बाँझो रहेको खेत खनजोत गरेर तरकारीखेती लगाए विदेश जानुपर्दैन ।’
हुनत उनको पढाई पनि कम छैन् । ३८ बर्षीय उनले आईए पास गरेका छन् । तर, पनि सरकारी जागिरको खोजिमा भौँतारिनु भन्दा केही ईलम गरेर नै जीविकोपार्जन गर्ने सोचका साथ केही साथिहरुको सहकार्यमा उक्त फर्म सञ्चालनमा ल्याएको हुँ,’उनले भने ।
उनि जस्तै विदेशमै बर्षौँ समय बिताएका दिनेश कुमार , (३ बर्ष दुबै बसेका) , राजेन्दू्र माझी ( ४ बर्ष साउदी बसेका) र निराजन सिजापती (२ बर्ष भारत बिताएका) को संयुक्त लगानीमा फर्म सञ्चालनमा ल्याईएको हो । उनिहरु सबै सँग एसईइ पास गरेको डकुमेन्ट हातमा छ । तर, पनि इलममा रमानउ चाहन्छन् ।
कर्णाली नदीको छेउमै सञ्चालनमा ल्याएको फर्मको बुधबार मात्र उद्घाटन गरिएको छ । ४ जनाको संयुक्त रु. ८ लाख लागतमा फर्म सञ्चालनमा ल्याईएको हो । कुनै निकायबाट अनुदान प्राप्त छैन् । विशेषतयः शुरुमा हामीले अण्डा उत्पादनलाई मुख्य रुपमा जोड दिएका छौँ,’ दिनेश माझीले भने ,‘लोकल कुखुरा, आधुनिक कुखुराहरु टर्की गणकनााथ लगाएतका र बुङ्गुरपालन शुरु गरिनेछ ।
कुटानीपिसानीका लागि डिजलबाट चल्ने मिल बनाईसकिएको उनले बताए । दुई दर्जन बढी कुखुरा हामीले फर्ममा हालिसकेका छौँ । करिब २ रोपनी जग्गा भाडाका लिएको उनिहरुको भनाई छ।
फर्मको उद्घाटन गर्दै आठबीस नगरपालिकाका उप–मेयर दीपा बोहोराले भनिन्,‘ जोस जांगर ईच्छा शक्ती देखाउने युवाहरुलाई सरकार सहयोग गर्न चुकेको छ ।’ ‘जसले ईच्छा शक्ती देखाउँछ उनिहरुलाई सहयोग गर्नुपर्छ ,’ बोहोराले भनिन् ।