दैलेख । देशभर यहाँको जिल्लामा प्रधानमन्त्री केपी शर्मा ओली कदम असंवैधानिक भएको भन्दै प्रचण्ड र माधव समुह पक्षले विरुद्ध शक्ति प्रदर्शन गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै संसद पुनस्थापना गर्न शक्ति प्रदर्शन गरिएको हो ।
जिल्लाका ११ वटै स्थानीय तहबाट प्रचण्ड र माधव पक्षका कार्यकर्ता मंगलबार जिल्ला सदरमुकाममा केन्द्रित भएर प्रधानमन्त्री ओली विरुद्ध संसद पुनस्थापना गर्नुपर्ने कालापानी र लिपलेकबाट भारतीय सेना हटाउनु पर्ने,ओली तेरो पाराले दुःख पायो साराले नारा लगाएर शक्ति प्रर्दशन गरिएको थियो ।
विरोध सभामा बोल्दै दैलेख क्षेत्र –२ का प्रतिनिधी सभाका सदस्य एवं केन्द्रिय सदस्य राजबहादुर बुढाले नेकपा पार्टी विभाजन नभएको दाबी गरे ।
हाम्रो नेकपा पार्टी विभाजन भएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीको सर्वसत्तावाद फाँसीवाद र असंवैधानिक कदम विरुद्ध पार्टी लागि परेको हो । हामी सँग ७० प्रतिशत बहुमत छ ।
प्रधानमन्त्री ओलीले दुईतिहार बुहमतकै कारण प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्रीले बहुमतको कदर नगरेर लोकतन्त्रमाथि खेलवाड र कानुन विपरित गएर कदम चालेकाले रहर नभएर बाध्यताले प्रधानमन्त्री विरुद्ध सडक उत्रिनु परेको बताए ।
उनले भने, अहिलेको लडाई भनेको सरकार र कानुनको हो । सरकार कानुन विरुद्ध गएको छ ।
हामी न्यायलयलाई विश्वास गर्छौ । न्यायमुर्तिले आम नागरिकलार्ई अधिकार दिने छ ।
यदी त्यसो भएन भने जनता बाध्य भएर सडकमा सरकार विरुद्ध जाग्ने छन,सडकबाटै न्याय फैसला गर्नेछन् ।
न्यायलयले आफ्नो विरासत जोगाई राख्न प्रधानन्यायधिशलाई जिल्ला न्यायधिशले सल्लाह दिनुहोला । तर, विश्वास छ । न्यायलयका न्यायमुर्तिले असंवैधानिक कदमलाई मान्यता दिनुहुने छैन ।
जनताको पक्षमा फैसला हुनेछ । प्रचण्डले गर्दा नै झलनाथ खनाल,माधव कुमार नेपाल र केपी शर्मा ओली प्रधानमन्त्री बनेका छन् ।
बहुमत दिनेलाई किनारा लगाउन खोज्दा पार्टी मनमुटाव भएको हो । बहुमत प्रचण्ड र माधव समुहको भएकोले ओली अत्तालिएर विघटन गरेको जानकारी दिए ।
त्यसैगरि नेकपाका केन्द्रिय कमिटी सदस्य एवं विदेश विभाग उपप्रमुख विष्णु प्रसाद रिजालले चुनावताका बेला दैलेखी जनतालाई हामीले दिएको बचन र आश्वासन प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण पुरा नभएको भन्दै क्षमा याचाना मागे । हामीले तपाईहरुलाई जुन आश्वासन र बचन दिएका थियौं । प्रधानमन्त्रीको तानाशाही प्रवृति पुरा हुन दिएन । आज आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्रीको विरोध गर्नुेपर्ने बाध्यताले दुःख लागेको छ । अब तपाईहरु प्रचण्ड र माधव पक्षमा लाग्नुहोस । असंवैधानिक कदम विरुद्ध एकजुट हुनुहोस । हामी तपाईहरुलाई दिएको बचन पुरा गर्नेछौं ।