वीरेन्द्रनगर–८ इत्राम खोला नजिकैबाट सासू-बुहारीलाई प्रहरीले ब्राउनसुगर जस्तो देखिने लागुऔषधसहित पक्राउ गरेको हो।
विशेष सूचनाका आधारमा २४ वर्षीय शान्ति सिंहको कोठामा खानतलास गर्दा ५ ग्राम १७० मिलिग्राम लागुऔषध भेटिएको प्रहरीले जनाएको छ।
कुल १४ ग्राम ९७० मिलिग्राम लागुऔषधसहित उनीहरूलाई सोमबार राति १० बजेतिर पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।यस्तै, शान्ति सिंहको साथमा रहेको २१ हजार ५०० रुपैयाँ नगद पनि बरामद गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी निरीक्षक गोपाल रायमाझीले जानकारी दिए।
उनीहरूमाथि म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।