सुर्खेत । नेकपाकी (प्रचण्ड–माधव समुह) नेतृ रामकुमारी झाँक्रीले केपी ओलीले संविधानमा भएको व्यवस्थालाई मिच्न खोजेको आरोप लगाएकी छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध निरन्तर आक्रोश व्यक्त गर्दै आईरहेकी झाँक्रीले ओलीले तानाशाही प्रवित्ती देखाएको बताएकी हुन् ।
संसद विघटनको विरोधमा मंगलबार सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भेलालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन्,‘ केपी ओलीले व्यक्तीको शासन गर्न खोज्नुभयो । सुविधाजनक बहुमत भएको संसद विघटन गरेर अलकायदा शैली अपनाउनुभयो ।’
‘हाम्रो मुलुकको सार्वभौमिक्ता प्रति ओलीले ‘कु’ गर्न थाले । संविधानलाई मिचेर आफ्नो हविगत प्रस्तुत गर्नु राष्ट्रघाती हो,’ केपी ओली ज्यु ! उनले आक्रोश व्यक्त गरिन् ।’
संविधानका भएको व्यवस्था केपी ओली मात्रै हैन्, कसैले पनि मिच्न हुन्न् । खड्गप्रसादले जुन कदम चाले यस्ता खालका कदमले मुलुक यही अबस्थामा रहन् सक्दैन्,’नेतृ झाँक्रीले भनिन् ,‘संसारका सबै तानाशाहले जनताको अगाढी घुँडा टेकेका छन्। त्यसैले तानाशाही पाराको कुनै औचित्य छैन् । तानाशाही पाराले देश चल्दैन केपीओली ज्यु ! तपाईको कदमले तपाई अघि बढ्न हैन्। यस्को परिणाम धेरै पर्नेछ ।’
संविधनामा भएको व्यवस्थालाई मिच्न खोज्नु कुन महान्ता हो । संसद विघटन गर्ने अधिकार केपी ओली हैन कसैलाई पनि छैन् ।
नेतृ झाँक्रीले अदालतले सही फैसला गरेर संसद पुर्नःस्थापना हुनुपर्ने आफुहरुको माग रहेको पनि बताईन् । साथै जनताको जनमत आफुहरु सँगै धेरै रहेको पनि उनको दावी छ ।
‘लोकतन्त्रलाई ध्वस्त पार्न खोज्नेहरुका कारण देश अधोगतितिर जान सक्छ,’उनले भनिन् । यसअघि पनि उनले ओलीकाे कदमलाई अलकायदा शैली भनेर भन्दै आएकी छन् ।