नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले संसद विघटन गरेर प्रधानमन्त्री केपी ओलीले नेपाली राजनीतिमा कलंकको टीका लगाएको टिप्पणी गरेका छन् ।
एक कार्यक्रममा उनले आफ्नो बिचार राख्दै खड्गप्रसादले कलंकको टीका लगाएकैले आफूहरुलाई जनताका बीचमा जाने अवस्था बनाएको बताए ।
सनकका भरमा प्रधानमन्त्रीले संसद विघटन गर्न नसकोस् भनेरै संविधान बनाउँदा प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार नदिएको जिकीर उनको छ ।
संविधान बनाउँदा नै नराखिएको व्यवस्थाप्रति प्रधानमन्त्री ओलीले निर्मम ढंगले संविधानको कू गरेको आरोप लगाए ।
हुँदै नभएको अधिकार प्रयोग गरेँ भन्दैमा संसद विघटित नहुने भन्दै दाहालले प्रतिनिधि सभा जिवित नै रहेको जिकीर उनको छ ।
अदालतले सदन सुचालु गर्न आदेश दिने विश्वास उनले व्यक्त गरे ।
खड्गप्रसाद श्री ३ जंगबहादुर राणाको बाटोमा गएको भन्दै दाहालले ओलीलाई पराजित र आफ्नो पक्षलाई विजयीको संज्ञा पनि दिए ।
अर्को चुनाव आफूहरुले जित्ने दावी गर्दै अध्यक्ष दाहालले भने, ‘बाजी हामीले जितेका छौ ।’