काठमाडौं: संखुवासभामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूह र नेपाल प्रहरीबीच दोहोरो फायरिङ भएको छ।
विशेष सुराकीका आधारमा खटिएको जिल्ला प्रहरी कार्यालय, संखुवासभाको टोली चैनपुर–४, मैदानेमा पुगेपछि समूहका कार्यकर्ताले प्रहरीलाई लक्षित गरेर फायर खोलेका थिए।
प्रहरीले जवाफमा दर्जनबढी गोली चलाएको थियो।