काठमाडाैं । नेपाल सरकारकाे उद्याेग वाणिज्य तथा आपुर्ती मन्त्रालयमा नवनियुक्त राज्यमन्त्री विमला विकलाइ बधाइ तथा सम्मान प्रकट गरिएकाे छ । राज्यमन्त्री विकलाइ बर्दीयाका यूवा नेता रेशमबहादुर थापाकाे अगुवाइमा काठमाडाैंस्थित बर्दीयाली जनताले औपचारिक कार्यक्रमकाे आयाेजना गरी सम्मान गरेका हुन् ।
प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेसँगै सरकारका ७ जना मन्त्रीले राजीनामा दिएका थिए । रिक्त मन्त्रालय विस्तारका क्रममा शुक्रबार मन्त्रिपरिषदमा ८ जना मन्त्री र एक राज्यमन्त्री थप भएका छन् । साेही क्रममा बर्दीयाबाट प्रतिनिधीसभा सदस्य समेत रहेकी विकलाइ राज्यमन्त्री नियुक्ती गरिएकाे थियाे ।
नेकपाकाे आेली समूह र प्रचण्ड-नेपाल समूहबीचकाे द्वन्द्व चलिरहेका बेला राज्यमन्त्री नियुक्तिले बर्दीयाली नागरिक खुशी भएकाे थापाले बताए ।