सुर्खेत । हिन्दुराष्ट्र सहितको राजसँस्था पुनःस्थापनाको माग राख्दै पुर्वी सुर्खेतका विभिन्न स्थानमा ¥याली गरिएको छ ।
शनिबार सुर्खेत क्षेत्र नंं.–१ बोटेचौर , मेहलकुना, जहरे, रामघाट हुदै छिन्चु बजार सम्म राप्रपा क्षेत्र नं.–१ले जनजागरण अभियान ÷¥यालीको आयोजना गरेको हो ।
बोटेचौर देखि शुरु गरिएको ¥याली छिन्चुमा आएर कोणसभा गरी समापन भएको राप्रपा सुर्खेतले जनाएको छ ।
राप्रपा सुर्खेतका नेता मुकुन्द श्याम गिरीले कोणसभालाई सम्बोधन गर्दै भने ,‘राज सपार्टीको विचारलाई जनताको घर–घरमा पु¥याउनु आजको आवश्यकता हो।’
‘‘अहिलेका शासकहरु जस्तो गलत र जनता लाई धोका दिने कार्य राजाले नगरेकाले ईमान्दारी पूर्वक हामी साथ दिउँ ,’उनले भने ।’’
भ्रष्टाचार नियन्त्रण, कोरोना महामारी नियन्त्रण, बेरोजगारी समस्या समाधानलगायतका विषयमा सरकार असफल भएको भन्दै राप्रपाले आन्दोलनका कार्यक्रमहरु सार्वजनिक गरेको छ ।
सनातन हिन्दु राष्ट्र र राजसंस्था पुनःस्थापनाको निमित्त पनि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिएको राप्रपाले जनाएको छ ।