नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले अब छिट्टै आफूहरुको समूहबाट प्रधानमन्त्री चयन हुने बताएका छन् ।
प्रचण्ड–नेपाल समूहका नेताहरुको अगुवाईमा माइतीघरदेखि निर्वाचन आयोगसम्म भएको प्रदर्शनका क्रममा सम्बोधन गर्दै नेता भट्टराईले भने, ‘अब छिट्टै नै वालुवाटारमा प्रधानमन्त्री हाम्रो हुँदैछ ।’
आफूहरु सडकमा आइसकेको भन्दै उनले संसद पुनर्स्थापना घोषणा नहुँदासम्म र वालुवाटारमा हामीले चुनेको प्रधानमन्त्री नबस्दासम्म सडक छाड्ने छैनौं ।’