सडक निर्माणको विषयमा विवाद बढेपछि भएको झडपमा रुकुम पश्चिमको चौरजहारीमा चार जना घाइते भएका छन् ।
चौरजहारी नगरपालिका ४ मेलैनाउलीमा दोहोरो झडप नियन्त्रणको लागि प्रहरीले एक राउण्ड हवाई फायरसमेत गरेको छ । पुरानो बाटो हुँदा हुँदै बन्द गरेर अर्को ठाउँमा सडक निर्माण गर्न खोज्दा झडप भएको हो ।
पुरानो ठाउँबाटै सडक सञ्चालन गर्नुपर्ने र नयाँ ठाउँमा सडक बनाउन खोज्ने समूहबीच लामो समयदेखि विवाद रहेको थियो ।
झडपमा त्यही वडाका ४२ वर्षीय शंकर जैसी, कृष्णप्रसाद जैसी, सुरेश शर्मा र बहादुर जैसी घाइते भएका छन् । घाइतेमध्ये गम्भीर घाइते शंकरलाई थप उपचारको नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । अन्य घाइतेको चौरजहारी अस्पतालमा उपचार भइरहेको छ ।ujyalo