सुर्खेत । पछिल्लो समय गाउँ–ठाउँमा हुने अधिकाँश विकासे योजनामा भ्रष्ट्राचार, अनियमितताका गुनासाे आउने गरेपनि केही याेजना उदाहरणीय बन्ने गरेका छन् ।
जसकाे स्वरूपमा दैलेखकाे नारायण नगरपालिकामा निर्माण सम्पन्न भएकाे झाेलुंगे पुललाइ लिन सकिन्छ ।
नगरपालिकाकाे वडा नम्बर ७ सिमगाउँमा झाेलुंगे पुल निर्माण गरिएकाे हाे । उक्त झाेलुंगे पुल निर्माण पश्चात बचत रकम राज्यकाेषमा फिर्ता गर्ने घाेषणा गरिएकाे छ ।
पुल निर्माण उपभाेक्ता समितिका अध्यक्ष हिमबहादुर सुवेदीले आफु उपभोक्ता समिति भएर काम गरेको झोलुङ्गे पुलबाट बचेको रकम राज्यकाेषमै फिर्ता गर्ने घोषणा गरेका हुन् ।
नगरपालिकाकाे सिमगाउँस्थित जार्जेखोला– ११ वडाको लिड्के जोड्ने (१०५ मि) लामो झोलुङ्गे पुल निर्माणका लागि संघीय सरकारको ४० लाख ३६ हजार ६२४, रकम थियो ।
नारायण नगरपालिकाले आवाश्यक सामाग्रीहरु खरिदमा समन्वयन गरेको हो । सामाग्री खरिदमा २ लाख ९४ हजार २७४ बराबरको रकम खर्च भयो ।
टिबीएयु हेल्भेटासद्वारा ४ लाख ७५ हजार ५ सय बराबरको रकम रकम लठ्ठा खरिदमा समन्वयन गरेको छ ।
ग्रामिण विकास सेवा केन्द्रले प्राविधिक सहयोग समेत गरेको अध्यक्ष सुवेदीले दुल्लुखबरलाई बताए ।
पुल निर्माणमा ६२ जना मजदुरहरुले काम गरेका छन् । सबै काम सम्पन्न गरेर बचेको साढे १ लाख रकम फिर्ता गरिने सुवेदीले जानकारी दिए ।
पुलको उद्घाटन मंगलबार प्रदेश सभा सदस्य अम्मरबहादुर थापाले गरेका छन् ।