सुर्खेत । कर्णाली प्रदेश सरकारले लोपोन्मुख राउटे समुदायको संरक्षण र सम्बद्र्धनका लागि प्रतिव्यतीलाई दुई हजारका दरमा रकम उपलब्ध गराउने निर्णय गरेको छ ।
पौष ६ (हिजो) सोमबार बसेको प्रदेश सरकारm, मन्त्रिपरिषदको बैठकले उक्त निर्णय गरेको हो ।
उक्त, रकम आर्थिक मामिला तथा योजना मन्त्रालयबाट गुराँस गाउँपालिका दैलेखलाई वित्तीय हस्तान्तरण गरिने छ । त्यसपछि गाउँपालिकाले नियमअनुसार वितरण गर्ने बताईएको छ ।
मुख्यमन्त्री महेन्द्रबहादुर शाही गत दशैँको अवसरमा खाद्यान्न लिएर राउटे समुदायको बस्तीमै पुगेर २ हजार भत्ता दिने ठोकुवा गरेका थिए ।
यस्तै संरक्षणका लागि छुट्टै प्रतिष्ठान बनाउने भनेर पनि राउटे समुदायलाई शाहीले आश्वासन विसाएका थिए ।
बैठकले मुख्यमन्त्रि जीवीकोपार्जन कार्यक्रम सञ्चालन कार्यविधि स्वीकृत गर्ने, खाद्यान्न खरिद तर्फको खर्च शिर्षकबाट विनियोजित भएको रकम मध्येबाट रु.१५ करोड र कोभिड शिक्षा तर्फको खर्च शिर्षकबाट १० करोड रकम क्रमागत आयोजनाहरुको लापगि रकमान्तर गर्ने निर्णय पनि गरेको छ ।
यस्तै शान्ति तथा पुनस्र्थापना गर्न बनेको विद्येयक कर्णाली प्रदेश सभा सचिवालयमादताृ गर्ने स्वीकृति प्रदान गरिने निर्णय पनि गरिएको सरकारका प्रवक्ता एवम भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिईन्।
बैठकले द्धन्द्धपीडित घाईते अपाङ्ग उपचार राहत खर्च कार्यविधधि २०७७ स्वीकत गर्ने , सहकारी सँस्था मार्फत व्याजा अनुदान कार्यविधि ०७७ पनि स्विकृत गर्ने र खेलकुद परिषदको सदस्य–सचिवमा विश्वमित्र सन्ज्याललाई नियुक्त गर्ने निर्ण पनि गरेको छ ।
मुख्यमन्त्री शाहीकै जोडबलमा सन्ज्याललाई नियुक्ती गरिएको बताइएको छ । सन्ज्याल मुख्यमन्त्री शाहीको गृहजिल्ला कालिकोटको सान्नित्रिवेणी –६का स्थायी बासिन्दा हुन् ।
यस्तै बैठकले खेलकुद परिषदका उपाध्यक्षमा वीरेन्द्रनगर नगरपालिका ४ का प्रमोद हमाललाई नियुक्त गर्ने भनेको छ , भने सदस्यमा हुम्लाका टक्क बहादुर शाही,जुम्लाका सरोज शाही, सल्यानका भुमा कुमारी बुढाथोकी, जाजरकोटका मोहनराज घर्ती, र दैलेखका हेमा खड्कालाई नियुक्त गरेको छ,’ प्रवक्ता केसीले भनिन् ।