दैलेख । बाढी पहिरोले घरखेतबारी बगाएपछि साविकको सात्तला–६ का (हाल आठबीस नगरपालिका–१) दलित परिवारलाई सुकिपिप्ली जंगलमा बास बसालियो । घना जंगलमा जंगली जनावरको उत्तिकै डरत्रास थियो । तर पनि २१ घर दलित परिवारले डरत्रासमै ३६ बर्ष विताए ।
तेतीबेलाका दुःख दिन सम्झिदै देवबहादुर नेपाली भन्दछन,राती सुत्न सकिदैन थियो । जताततै जंगली जनावरले कतिखेर आक्रमण गर्छकी भन्ने चिन्ता थियो । बालबच्चालाई सुताएर जाग्राम बस्नु पथ्र्यौ ।
दिनमा सुत्त्यौं । राती डियुटी दिनुपथ्र्यौ । बस्तीमा पानीको पनि उस्तै समस्या थियो । घना जंगल भएकोले एक्लै पानी ल्याउन जान सकिदैन थियो । समुह बनाएर आवाज निकाल्दै दुई घण्टा पैदल हिडेर चिनेखोलाबाट पानी ल्याउनुपथ्र्यौ उनले भने । तर त्यही सुकिपिप्ली बस्ती आजभोली केन्द्रविन्दु बनेको छ ।
तलतिरबाट मध्यपहाडी राजमार्ग र सुकिपिप्ली बस्तीको बिचबस्तीबाट रामघाट सिगासैन सडक गएको छ । खुल्लाचौर भएकोले सुकिपिप्ली बस्ती सडक सञ्जालमा जोडिएपछि बस्तीका बासिन्दा सुविस्ता हुने आशा पलाए पनि त्यहाँभन्दा बढी निराशा छाएको बमबहादुर नेपालीले दुखेसो पोखे ।
हामी गरिबलाई पहिला जंगली जनावरले खाला भनेर सात्तलाका ठालु भलादमीले जंगलमा बास बसाले । सडक सञ्जालसँग यो बस्ती जोडिएपछि सबै मेरा बाबु बाजेको भनेर जग्गा नाप्न दिएन । अहिले सम्म हामी सुकुम्बासी नै छौं,उनले दुखेसो पोखे ।
वाढी पहिरोले घरखेतवारी बगाएपछि घरबार विहिन बनेका दलित बस्ती सुकिपिप्ली बस्दै आएको ३६ बर्ष वित्यो । ३६ बर्षसम्म दलित परिवारले लालपुर्जा पाएका छैनन् । २०४० सालमा आएको बाढी पहिरोले घरबारी बगाएपछि उनी सुकुम्बासी बनेका हुन् । तत्कालिन साविक सात्तला गाविसको– ६ मा आएको बाढीपहिरोका कारण विस्थापित भएका दलित वस्तीले भोगचलन गदै आएको जमिनमा विवाद भएपछि लालपुर्जा नपाएका हुन् ।
बाढी पहिरोले घर, खेतवारी सबै बगाईदिएपछि दलित वस्तीलाई गाउँकै स्थानीय वुद्धिजिवी र ठालु भलाद्मीले सुकिपिप्लीमा वस्ती बसालेको ७८ बर्षिय देव नेपालीले बताए । उनले भने,अब त लालपुर्जा नदेखेर मर्ने भइयो ।
२१ घरधुरी दलित बस्तीका कसैसँग पनि लालपुर्जा लालपुर्जा छैन । भूमिसुधार लागु भएयता जग्गा नापी भएपनि केही स्थानीय बासीले हाम्रा बाबु बाजेको भैसी राख्ने चौर हो भनेर विवाद गरेपछि लालपुर्जा पाएनौं । लक्ष्मी उमाविलाई १ कित्ता जग्गा नाप उपलब्ध गराएको समयमा दलितबस्तीको नाममा पनि एक कित्ता जग्गा नापिएको पछि विवाद भएपछि नापीका कर्मचारीले दिएनन् बलबहादुर नेपाली बताए ।
‘जंगलको विचस्थानमा रहेको चौरमा कोही वस्ने नभएपछि हामीलाई चौर बस्न दिए, अहिले सडक सँग बस्ती जोडिएपछि हाम्रो भनेर दावी गर्छ । लालपुर्जा ल्याउन नापी कार्यालय जाँदा विवाद परेको मिलाएर आउनुहोस भन्यो,विवाद गर्नेले मानेन्न बलविर बताए ।
लालपुर्जा नभएको ३६ बर्ष पुगीसक्दा पनि दलित बस्तीलाई कसैले सहयोग नगरेको दलित परिवारको दुखेसो छ । ‘राजनितिक दलका नेताले चुनाव हुने बेला हामीलाई भोट दिनुहोला’ । लालपुर्जाका लागी हामी पहल गछौं’ भन्छन । जितेर गएपछि कोही सुनुवाई नै गदैनन् । २०४० सालबाट यता धेरै साँसद भए । चुनावतका आश्वासन दिन्छन् जितेर गएपछि चासो राख्दैनन ।
अरुका कुरै छौडौ । २०५६ सालको आमनिर्वाचनमा यही गाविसबाट नेपाली काँग्रेसबाट विजय भएका शिवराज जोशीले त हेरेनन् ‘अरु कहाँका हुन् कहाँका ।’ अहिले सम्म भएका सबै चुनावमा आफुहरुको लालपुर्जा पाउ भन्ने माग राखिरहेपनि नेताहरुबाट सुनुवाई नभएको सुकिपिप्लीबासीको भनाई रहेको छ ।
लालपुर्जा बनाई दिने आश्वासन २०६४ नेकपा एमालेका का सभासद राजबहादुर बुढा,२०७० साँसद लक्ष्मी पोखरेलले भोट फकाउन लालपुर्जा बनाई दिने आश्वासन दिएको नेपाली परिवारको भनाई छ । चुनाव जितिसकेपछि अनुहार नै देख्न पाइएन । नेता मात्र बदलिए,तर हाम्रा दुःख बदलिएनन् ।
सुकिपिप्ली चौरलाई एयरपोर्ट क्याम्पस निर्माणको लागी राम्रो मानिएकाले दलित वस्तीलाई नदिएको स्थानीय बुद्धिजिवीको भनाई छ । तर दलित परिवार भने हामीले झण्डै चार दशक भोगचलन गरिसकेकाले कुनैपनि हालतमा बस्ती नउठाउने सो बस्तीका अगुवाको भनाई छ
सुकिपिप्ली बस्ती कर्णाली राजमार्गबाट ७ किलोमिटर टाढा छ भने मध्यपहाडी राजमार्ग र रामघाट सिगासैन सडक संग जोडिएको छ ।
आठविस नगरपालिकाको सुकिपिप्ली बस्तीका मात्र होइनन् दैलेखको क्षेत्र –१ नारायण नगरपालिका रातीमाटेका ३५ घरधुरी नारायण नगरपालिका ८ ढकाने का २२ घरधुरी बासिन्दा लालपुर्जा विहिन बनेका छन् ।