सुर्खेत । कर्णाली प्रदेश सरकारकी भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले आईतबार (आजको ) दिनलाई नेपालीको लागि कालो दिन भनेकी छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको भन्दै उनले यस्तो प्रतिकृया दिएकी हुन् ।
प्रदेश सरकारकी प्रवक्ता समेत रहेकी मन्त्री केसीले केपी ओलीको हर्कतलाई सहि बुझ्ने मान्छे चाँही मुर्ख मात्रै होलान नेपालमा भनेर आफ्नो धारणा व्यक्त गरेकी छन् ।
‘ संविधानको रक्षा र विकासको अलवा नेपालको संवैधानिक व्यवस्था प्रति ठुलो घात गरी जनतालाई धोका दिने काम भएको छ ,’उनले भनिन ।’
उनले आफ्नो फेसबुकमा लेखेकि छन् – आज २०७७ पौष ५ गतेको दिन नेपालीहरुका लागि कालो दिन ,,
संविधान संशोधन समेत गरेर अझ राम्रो बनाउने सक्ने हैसियत राख्ने नेकपाको सरकारको प्रधानमन्त्री र रास्ट्रपति द्धारा संविधानको रक्षा र विकासको अलवा नेपालको संवैधानिक व्यवस्था प्रति ठुलो घात गरी जनतालाई धोका दिने काम भएको छ।
यसलाई सहि बुझ्ने मान्छे चाहिँ मुर्ख मात्रै होला नेपालमा,,,,