सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सुर्खेतमा प्रदर्शन गरिएको छ ।
प्रतिनिधि सभा विघटन गर्न सिफारिस गरेको भन्दै नेकपा सम्वद्ध जनवर्गीय संगठनहरुले वीरेन्द्रनगरमा ओली विरुद्ध प्रदर्शन गरेका हुन् ।
गर्ने प्रधानमन्त्री केपी ओली विरुद्ध सुर्खेतमा प्रदर्शन गरिएको छ । नेकपा सम्वद्ध जनवर्गीय संगठनहरुले वीरेन्द्रनगरमा रहेको नेकपाको पार्टी कार्यालय अगाडी प्रदर्शन गरेका हुन् ।
प्रधानमन्त्री ओलीले गरेको अवैधानिक, अलोकतान्त्रिक निरकुंश संसदीय विघटनको ‘कु’ गरेकोा भन्दै युवाहरु जुरमुराएका छन्
।
नेकपा सुर्खेतको बैठक बसिरहेकाले मंगलगढी चौकबाट प्रधानमन्त्री ओली विरुद्ध विरोध प्रदर्शन गर्ने तयारी भईरहेको बताईएको छ ।
प्रधानमन्त्री वलीले संसद विघटनका लागि आज राष्ट्रपति विद्यादेवि भण्डारी समक्ष सिफारिस गरेको थिए । राष्ट्रपति भण्डारीले संसद विघटन गरेको घोषणा गरेकी थिइन् ।
प्रधानमन्त्रीको यो कदमलाई आलोचकहरुले पतनको बाटो रोजेको भन्दै टिका टिप्पोणी गरेका छन् ।