भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल तथा नेपाल मामिलाका जानकार अशोक मेहताले नेपालको पछिल्लो घट्नाक्रमलाई भारतले आन्तरिक मामिला भनी टिप्पणी गर्ने बताएका छन् ।
अनलाइखबरसँगको कुराकानीमा उनले भने, ‘भारतको औपचारिक प्रतिक्रिया त यो नेपालको आन्तरिक मामिला हो भन्ने नै हुन्छ तर यो घटनाक्रम भारतका लागि सकारात्मक घट्ना हो ।’उनले चीनका लागि भने यो घट्नाक्रम निकै नकारात्मक भएको बताए । उनले भने, ‘केही समयदेखि चिनियाँ राजदूत यो सरकार टिकाउन लागिरहेकी थिइन्, त्यसैले चीनका लागि यो नकारात्मक घट्नाक्रम हो ।’