सुर्खेत । पश्चिम सुर्खेतको एक लघुजलविद्युत आयोजनको चुनाव तामझामका साथ सम्पन्न भएको छ ।
पञ्चपुरी नगरपालिकाको खमारीखोला लघुजलविधुत आयोजनाको चुनावमा सुरेन्द्र शाही विजयी भएका छन् ।
बावियाचौरमा रहेको उक्त लघुजल विद्युत आयोजनामा नेपाली कांग्रेसको लोकतान्त्रिक प्यानलले वर्चश्व कायम गरेको हो ।
नयाँ नेतृत्वका लागि कांग्रेसबाट लालिगुराँस र नेकपाबाट डाँफे प्यानल चुनावी मैदानमा उत्रिएका थिए ।आयोजनको नयाँ कार्यसमितिका लागि शुक्रबार भएको मतदानमा लोकतान्त्रिक प्यानलका शाहीले ६ मत अन्तरले जितेका हुन् ।
शाहीले ४ सय २१ मत ल्याएर विजयी भए भने प्रतिद्वन्द्वी नेकपाबाट उम्मेदवार मानबहादुर वयक ४ सय १५ मत ल्याएर पराजित भए ।
उपाध्यक्षमा लोकतान्त्रिक प्यानलका कविराज कँडेलले ४ सय ५१, सचिवमा धर्मराज खनालले ४ सय ४४ र कोषाध्यक्षमा चन्द्रादेवि खनालले ४ सय ३९ मत ल्याएर विजयी भएका छन् ।
यस्तै, सदस्यहरुमा सदस्य रणबहादुर खत्री, गोपी तिरूवा, रमेशकुमार कँडेल, गंगा मगर, नरबहादुर तारामी मगर, तेजबहादुर सार्की र रमेश शाही निर्वाचित भएका छन् ।
एक हजार १ सय ८२ मतदात रहेको आयोजनामा ८ सय ८० मत खसेको थियो । यो मध्य ३० मत बदर भएको हो ।
हुन त यो एउटा लघुजलविद्युत आयोजनको नयाँ कार्यसमिति गठन गर्नुपर्ने हो । तर, यो चुनाव कुनै राजनीतिक दलहरु बिचको चुनाव भन्दा कम देखिएन् । रौनक उत्तिकै । बाजागाज सहित ।
‘ सहमतिमै गरौँ भन्दा गरिएन् चुनावनै गर्नुपर्यो ,’ विजयी भएका शाहीले दुल्लूखबर सँग कुरा गर्दै भने,‘ कार्यअवधि सम्म राम्रो काम गर्ने कोशिस गर्छु ।’
स्थानीयतहको निर्वाचनको समयमा विजयी भएको पक्षले जसरी फुल मालाले रङ्गाउने, बाजागाजा सहित ठाउँ–ठाउँमा परिक्रर्मा गरिएको देखिन्थ्यो । यो चुनावमा पनि त्यस्तै रौचक देखियो । ‘
शाहीले भने,‘ म घरमै बसेको थिए मेरो पक्षका साथिहरुले बाजागाजा ल्यायर आए बजार परिक्रममा नी गरियो केरे ।’
हेर्नुहोस फोटो ;
‘