दुल्लू, : सुर्खेतबाट दैलेखको डाँडीमाडी जाँदै गरेको ट्याक्टर दुर्घटना भएको छ ।
दुर्घटनामा दैलेख ठाँटीकाँध गाउँपालिका–१ का २७ वर्षीय दिनेश शाहीको मृत्यु भएको छ ।
शाही सहचालक हुन् । इलाका प्रहरी कार्यालय दुल्लुका प्रहरी निरीक्षक खिमबहादुर खड्काका अनुसार सुर्खेतदेखि दैलेख डाँडीमाडी चामल ल्यायर आउँदै गरेको भे १ त ७४८१ नम्बरको ट्रयाक्टर दुल्लु नगरपालिका–४, कालाखोलामा दुर्घटना भएको हो ।
दुर्घटना बुधबार विहानाको समयका भएको थियो । ट्याक्टर रोडभन्दा करिब २५ मिटर तल खोल्सामा खस्दा शाहीको घटना स्थलमै मृत्यु भएको थियो ।
पोष्टमार्टमका लागि शवलाई दुल्लु अस्पतालको शव गृहमा राखिएको छ ।