प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओलीको निरङ्कुश कदमलाई असफल बनाएरै छाड्ने टिप्पणी गरेका छन् ।
सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै थापाले राष्ट्रपतिसँगको साँठगाँठमा ओलीले संसद बन्द गरेर संवैधानिक व्यवस्थाको खिल्ली उडाएको भन्दै आक्रोशपूर्ण टिप्पणी गरेका हुन् ।
‘संसद बन्द गर्ने अनि संविधानको व्यवस्थाको खिल्ली उडाउने प्रावधान राखेर राष्ट्रपतिसँगको साठगाँठमा अध्यादेश जारी गर्ने ?’ थापाले लेखेका छन्, ‘सरकारको यो असंवैधानिक र निरङ्कुश कदमलाई असफल बनाएरै छाड्नेछौं । सडक र सदनको बलबाट ! जनताको साथ र शक्तिबाट !’
आजै राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेकी थिइन् ।सरकारको सिफारिसमा राष्ट्रपतिबाट अध्यादेश जारी भएपछि सत्तारूढ दल नेकपाकै नेताहरूले यसको विरोध गरेका छन् ।