काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पञ्चायती सरकार र अहिलेको कम्युनिस्ट सरकारमा कुनै भिन्नता नदेखिएको टिप्पणी गरेका छन् ।
राजधानी काठमाडौँको शान्तिवाटिकामा आयोजित विरोधसभालाई सम्बोधन गर्दै नेता पौडेलले पञ्चायती सरकारमा रुख रोप्दा टाउको फोरिने र कम्युनिस्ट सरकारमा पूल बनाउँदा करङ भाँचिएको प्रसंग ल्याएका हुन् ।
‘पञ्चायती सरकारमा रुख रोप्दा टाउको फोरिन्थ्यो, कम्युनिष्ट सरकारमा पुल बनाउँदा करङ भाँचिन्छ,’ उनले आफूमाथि केही दिनअघि तनहुँमा प्रशासनले गरेको दुर्व्यवहार सम्झिँदै भने, ‘अहिलेको सरकारकै कारण लोकतन्त्र र गणतन्त्र कमजोर बनेको छ ।’
नेता पौडेलले लोकतन्त्रको रक्षाका लागि कांग्रेस सडकमा आउनुपरेको बताए । ‘लोकतन्त्र सहन नसक्ने कुनै पनि शक्तिसँग हाम्रो असहमति छ,’ उनले भने, ‘यो सरकार मुलुकमा सर्वसत्तावाद लाद्न उद्धत छ । कुनै पनि किसिमको सर्वसत्तावाद नलादियोस् भनेर जनता सडकमा ओर्लेका हुन् ।