सुर्खेत । चारदिन अघिदेखि पेटमा उल्टो बच्च भएर जन्माउन नसकेर थला परेकी हुम्लाकी एकजना गर्भवतीको हेलिकोप्टरबाट उद्धार गरिएको छ ।
सर्केगाड गाउँपालिका–७ कार्कीबाडा गाउँकी ३३ वर्षीया जमुना कार्कीको आईतबार हेलिकेप्टरबाट उद्धार गरीएको हो ।
उनलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत ल्याईएको बताईएको हो ।
उनको अबस्थाको बारेमा शनिबार दुल्लु खबरमा ‘मरणासन्न सुत्केरी : मरणासन्न सुत्केरी : नाउँ आपत्कालिन् हवाई सेवा, प्रक्रिया झन्जटिलो‘ शिर्षकमा समाचार प्रकाशित भएयो थियो ।
चारदिनदेखि व्यथा लागेकी कार्कीको पेटमा बच्चा उल्टो भएर ज्यान जोखिममा भएका भन्दै आफन्तले उद्धारका लागि जिल्ला अस्पताल हूम्ला र जिल्ला प्रशासनमा गुहारेका थिए । उक्त, गाउँबाट सदरमुकाम सिमकोट पुग्न दुई लाग्ने भएकाले हेलिकप्टर मार्फत जिल्ला बाहिर रिफर गरीएको हो ।
तत्काल उपचार नपाए ज्यानै जान सक्ने अबस्था आएपछि सुुर्खेत पु¥याईएको जिल्ला अस्पताल हुम्लाले जनाएको छ ।
गाउँमा रहेका स्वास्थ्य संस्थाहरुमा जटिल केशको उपचारका लागि स्रोत साधन अभावले हेलिकेप्टरबाट जिल्ला बाहिर लिनुपर्ने बाध्यता हुम्लाबासीको छ ।
यो पनि पढ्नुहोस :