सुर्खेत, । पावरलिफ्टिङ्गतर्फ नेपाललाई पहिलो पटक स्वर्ण पदक दिलाउन सफल कर्णाली प्रदेशकी श्रुती कार्कीलाई कर्णाली प्रदेशका प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले आज बधाई ज्ञापन गरेका छन् ।
भारतको मुम्बईमा आयोजित एक्काइसौँ पावर लिफ्टिङ वर्ल्ड कप–२०२० अन्तर्गत ५५ किलो समूहमा सहभागी भई नेपाललाई स्वर्ण पदक जिताएकोमा खुसी व्यक्त गर्दै कलौनीले खेल क्षेत्रमा थप सफलताको कामना समेत गरे ।
खेलको माध्यमबाट विश्व जगतमा नेपालकी शीर उचो राख्न निर्वाह गर्नुभएको योगदानप्रति माननीय कलौनीले प्रशंसा व्यक्त गरे ।
एसियन पावर लिफ्टिङ एसोसिएसनले मंसिर १९ देखि चार दिन सम्म आयोजना गरेको प्रतियोगितामा बडी बिल्डिङ संघमार्फत् वीरेन्द्रनगर नगरपालिका ६ की कार्की सहभागि भएकी थिईन् ।