नेपाल आयल निगमले आज मध्यराति १२ बजेबाट लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ । पेट्रेलियम पदार्थको स्वचालित मूल्य कार्यान्वयन कार्यविधि अनुसार निगमको शनिबार बसेको बैठकले मूल्य बढाउने निर्णय गरेको हो ।
निगमद्वारा जारी विज्ञप्ति अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ बढाइएको छ । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर १०८ र डिजेल र मट्टितेल प्रतिलिटर ९१ रुपैयाँमा बिक्रि हुनेछ ।
हेरौँ निगमको विज्ञप्ति