गतबर्षदेखि नेपाली चलचित्रका कलाकारहरुले धमाधम बिहे गरिरहेका छन् । नायिकाहरु ऋचा शर्मा, प्रियंका कार्की, आँचल शर्मा हुँदै स्वेता खड्काले बिहे गरे । यसरी बिहेमा पुग्ने अधिकांश कलाकारलाई ‘आफ्नो बिहे कहिले’ भन्ने प्रश्नको सामना गर्नुपर्छ ।
नायिका श्रृष्टी श्रेष्ठ केही बर्षदेखि नायक सौगात मल्लको प्रेममा छिन् । सौगात र श्रृष्टी केही बर्षदेखि लिभिङ टूगेदरमा पनि रहँदै आएका छन् । सौगात र श्रृष्टी पनि बिहेको चर्चा नचलेको होइन । गतबर्ष श्रृष्टीसँग बिहेको कुरा गर्न सौगात बेलायत पुगेको भन्ने खबर पनि सार्वजनिक भएको थियो ।
नायिका श्रृष्टी श्रेष्ठलाई पनि आफन्तको बिहे गज्जबैले लागेको छ । सामाजिक संजालमा उनले पोष्ट गरेका तस्वीरमा उनी खुलेकी छिन् । श्रृष्टीलाई दर्शकहरुले कहिले बिहे गर्ने भन्ने प्रश्न पनि सोझाएका छन् । तर, श्रृष्टीले यस बिषयमा मुख खोलेकी भने छैनन् ।