सुर्खेत । सल्यानको शारदा नगरपालिका –११ हिवल्चा स्थित भल्काने अनौले लिफ्ट खानेपानी योजनाको उद्घाटन गरिएको छ ।
शनिबार कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले लफ्ट खानेपानी योजनाको उद्घाटन गरेका हुन् ।
उद्घाट कार्यक्रममा मन्त्री ज्वालाले भने,‘ विकास जनताका लागी र समृद्ध बनाउनका लागी हुने भएकाले विकास निर्माणका कामहरुमा राजनीति गर्नुहुन्न्।’ विकासका लागि पहल जसले जहाँबाट गरेपनि त्यो, विशुद्ध समाजका लागि हुन्छ ।
करिब ४५ लाख लागतमा बन्ने योजनाबाछ ९२ घरधुरी प्रत्यक्ष रुपमा लाभान्वित हुने बताईएको छ । उनले भनेका थिए अहिले राजनीति गर्ने बेला होईन्, राजनीति चुनावका बेला गरौँला ।
विगतका बर्षहरुमा पनि हिवल्चामा विभिन्न क्षेत्रको विकासका लागि बजेट विनियोजन गर्दै आएको र चालु आवमा बजेट विनियोजन भएको छ,’उनले भने ।
सो क्रममा मन्त्री ज्वालाले प्रसिद्ध धार्मिक स्थल खैरावाङ मन्दिरलाई मुख्य प्राथामिकतामा राखेर सडक, शिक्षा, खानेपानी, विद्युत लगाएतका क्षेत्रलाई जोड दिएर काम गरिरहेको बताए ।