सुर्खेत । सुर्खेत र दैलेखमा रहेका दुईओटा गढीहरुको पुनः निर्माण हुने भएको छ ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका –१४ मा रहेको बयालकाँडा गढी र दैलेख सदरमुकाममा रहेको कोतगढीको पुन्ः निर्माण गरिने भएको हो ।
ऐतिहासिक महत्व बोकेका यी दुई गढीहरुको पुनः निर्माणक नेपाली सेनाले गर्ने भएको हो । अहिले जिर्ण अबस्थामा रहेको गढीहरुको राष्ट्रिय एकीकरण मार्ग अन्तर्गतसंरक्षण गर्ने थालिएको हो । ।
जुन अभियानमा नेपाली सेना लागेको हो । गोठीकाँडामा अवस्थित बयालकाँडा गढी ५ कट्ठा १३ धुर जग्गामा रहेको बताईएको छ ।
नेपाल रणको दौरान उक्त क्षेत्रको सुरक्षाको लागि बहादुर शाहको पालामा गोर्खाली फौजले गढी निर्माण गरिएको हुनसक्ने सेनाको आँकलन छ ।
बयालकाँडा गढीका जग्गाबाट पूर्वतर्फको बाटो खनिएको छ भने गढीका पर्खाल भत्किनुका साथै ढुंगाहरु छरपष्ट छन् ।
साविकको गढी गाविसले तारबार लगाएर गढी जाने बाटोमा सिमेन्टको पर्खाल लगाएको भए पनि गढी जीर्ण अवस्थामा रहेकाे पाईएको छ ।
सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले भने,‘ यी ऐतिहासिक महत्त्व बोकेका सम्पदाहरुको खोज अनुसन्धान गर्न जरुरी छ । अनुमानको आधारमा भन्दा पनि अनुसन्धान गरेपछि केही तथ्यपरक कुराहरु पत्ता लाग्न सक्छ ।’
यस्ता सम्पदाहरुको संरक्षण गर्न जरुरी छ । गढी नजिकै पुरातत्व विभागले बटुक भैरव मन्दिर निर्माण गरिरहेको छ ।
पालिका सँगको सहकार्यमा गढीको संरक्षण तथा पुनर्निर्माण गर्ने सेनाले बताएको छ ।
नेपाली सेनाका उत्तरपश्चिम पृतनापति विज्ञानदेव पाण्डेले गढीको संरक्षणबाट गोठीकाँडा क्षेत्रको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्त्व बढ्ने छ । उनले भने,‘ बयलकाँडाका साथै दैलेखको कोतगढीको पनि संरक्षण गरिने छ ।’
‘दैलेखको कोतगढी पनि अहिले जीर्ण अबस्थामा छ । जुन गढीलाई ऐतिहासिक युद्ध कालको रुपमा चिनिन्छ ।’
बहादुर शाहको नायवीकालमा वाईसे राज्यहरुको एकिकरण अभियान अन्तर्गत वि सं. १८४६ तिर गोर्खाली सेनाले अत्यन्तै कलात्मक ढङ्गले निर्माण गरेका थिए भन्ने अभिलेख पाईन्छ ।
गढीको मूल ढोका त्रिकोण आकारमा रहेको छ । यस गढी भित्रबाट दैलेख जिल्लामा हेर्नको लागि १३ वटा प्वालहरु बनाईएका छन् ।
द्धन्दकालमा सैनिक ब्यारेको रुपमा रहेको यो गढी (दैलखको) अहिले संरक्षण बिहिन को रूपमा रहेको छ। गढी संरक्षणका लागि चालु आर्थिक बर्षमा नेपाली सेनाले ५ लाख रकम समेत विनियोजन गरिएको बताएको छ ।