सुर्खेत । ढाड र दुवै खुट्टा भाँचिए पछि घरमै थला परेका वीरेन्द्रनगर १० घुस्राका ५२ वर्षिय कर्ण बहादुर नेपालीलाई स्वास्थ्यकर्मी तथा सामाजिक अभियान्ता महेन्द्र बहादुर थापाले आफै एम्बुलेन्स खर्च दिएर अस्पतालसम्म ल्याएर उपचार सहयोग गरेका छन ।
उनले बुधबार एम्बुलेन्स खर्च आफै तिरिदिएर अस्पतालसम्म ल्याएर उपचारको लागि पहल गरेका हुन । उनी बुधबार एम्बुलेन्स लिएर नेपालीको घरमा पुगेका थिए ।
नेपालीको घरदेखि प्रदेश अस्पताल आउन एक हजार एम्बुलेन्स भाडा लाग्छ । उनले एम्बुलेन्स खर्च सहयोग गरेर अस्पतालसम्म पु¥याएका हुन ।
दैनिक मजदुर गरेर घरपरिवार पाल्दै आएका नेपाली कामकै शिलशिलामा १२ वर्ष अघि ढाड भाँचिएर थला परेका थिए । चार वर्ष अघि ह्वीचियरबाट लडेर दुवै खुट्टा समेत भाँचियो ।
काठमाण्डौँसम्म उपचार गर्न जाँदा भएको जग्गा समेत बिक्रि गरेर र ऋण गरेर उपचार गरेका नेपालीले पछिल्लो समय आर्थिक संकटमा गुज्रिएका थिए ।
अस्पतालमा घाउ सफा गर्न समेत आउन पैसा नहुँदा उनी घरमै थला परेका थिए । स्वास्थ्यकर्मी थापाले आफुले अस्पतालसम्म ल्याउन पहल गरेको बताए ।
नेपालीसँग स्वास्थ्य बिमा कार्ड भएकाले उपचारमा सहज भएको उनको भनाई छ । ‘मैले अस्पतालसम्म ल्याउन एम्बुलेन्स खर्च सहयोग गरे । उहाँहरुसँग स्वास्थ्य बिमा कार्ड भएकाले उपचारमा सहज भयो’ उनले भने, ‘यहाँ घाउ सफा गर्ने मात्र काम हुन्छ । थप उपचारका लागि उहाँलाई बाहिर लैजानु पर्छ ।
घाउ भएको ठाउँमा सर्जरी गर्नुपर्ने भएकाले कोहरपुर तथा नेपालगञ्ज लैजानुुपर्छ भनेर डाक्टरले सल्लाह दिनु भएको छ । सहयोगको आवश्यक छ ।’
हप्तामा एक दिन आफु नेपालीको घरमै पुगेर घाउ सफा गरिदिने बताए । उनले नेपालीको १२ वर्षिया छोरीको अपाङ्गता परिचयपत्रका लागि पनि पहल गरिएको जानकारी दिए ।