सुर्खेत । विगत लामो समयसम्म घरभाडा नबुझाएका कर्णाली प्रदेशसभाका सदस्य रातो कामीले घरभाडा तिरेका छन् । रुकुमपश्चिमबाट निर्वाचित सांसद कामीले प्रदेश सभा सचिवालयबाट आवास खर्चवापतको रकम बुझिलिएपनि उनले घरभाडा बुझाएका थिएनन् । सांसद कामीले जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको आवास भवन नम्बर–१० गर्दै आएका छन् ।
सांसद कामीले लामो समयसम्म भाडा नतिरेपछि गत कार्तिक २५ गते सांसद रातो कामी आवास खर्च बुझ्छन्, तर तिर्दैनन् शिर्षकमा समाचार दुल्लुखबरमा प्रकाशित भएको थियो । त्यसपश्चात जिससको बैठकमा छलफल गराई भाडा तिर्न अनुरोध गरिएको थियो । सोही बमोजिम सांसद कामीले मंसिर १७ गते जिससको खातामा भाडा वापतको रकम ४० हजार जम्मा गरेको जिसस स्रोतले जनाएको छ ।
सांसद कामीले तिर्नुपर्ने जम्मा ६० हजार भाडा रकममध्ये उनले ४० हजार जिससको बैंक खातामा जम्मा गरिदिएको उनले जानकारी दिए । उनले बाँकी २० हजार केही दिनमै जम्मा गर्ने बताए ।
सांसद कामीले प्रदेश सभा सचिवालयबाट आवास खर्च वापत मासिक १५ हजार लिदैं आएपनि आफुले प्रयोग गर्दै आएको २४ महिनाको भाडा तिरेका थिएनन् ।