सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले आवश्यक्ता र औचित्यका आधारमा याेजना निर्माण तथा कार्यान्वयन गर्न मातहतका मन्त्री र सचिवलाई निर्देश गरेका छन् । आईतवार सम्पन्न कर्णाली प्रदेश सरकारको प्रथम चौमासिक प्रगति समिक्षा कार्यक्रमलाई सम्वोधन गर्दै मुख्यमन्त्री शाहीले माग्ने र दिने प्रवृत्ति दिगो विकासका लागि घातक रहेको भन्दै आवश्यकताकाे आधारमा याेजना निर्माण गर्नुपर्ने बताएका हुन् ।
मुख्यमन्त्री शाहीले वजेट कार्यान्वयनका लागि संरचना, जनशक्ति, लेखाप्रणाली लगायतका समस्या सामाधान गरिएको वताउदै निहुँ झिकेर वजेट कार्यान्वयनमा गरिने लापरवाही आफुलाई स्वीकार्य नहुने चेतावनी दिए । सम्पन्न गरिएका आयोजनाको समयमै भुक्तानी नदिएका कारण पनि चौमासिक प्रगति कमजोर देखिएको वताउदै मुख्यमन्त्री शाहीले भुक्तानी प्रक्रियालाई चुस्त राख्न निर्देशन दिए ।
‘एकातिर काम सम्पन्न भएको, अर्कोतिर सरकारी खातामा वजेट थ्रुप्रिरहने र त्यसवाट निर्माण व्यवसायी एवं उपभोक्ता मारमा परिरहने समस्या तत्काल अन्त्य हुनुपर्दछ’ मुख्यमन्त्री शाहीले भने, ‘ भुक्तानी प्रक्रियालाई चुस्त नराख्दा प्रदेश सरकारप्रति नै अविश्वास पैदा भएको तर्फ गम्भिर हुनुहाेस् ।’
मुख्यमन्त्री शाहीले कागजमा देखाईने समीक्षा भन्दा आत्मासमीक्षाको जरुरी भएको वताउदै सरकारको प्रभावकारिता वृद्धि गर्नुपर्ने जोड दिदैं उनले कागजलाई आकर्षक वनाउने मेहनत वजेट तथा योजना कार्यान्वयमा लगाउन आग्रह गरे ।
मुख्यमन्त्री शाहीले दोश्रो चौमासिक समीक्षामा प्रगति प्रतिवेदन संगै कार्यसम्पादन करार सम्झौता पनि वोकेर आउनुपर्ने वताए ।
कार्यक्रममा बाेल्दै मुख्यमन्त्री शाहीले फिल्डमै पुगेर वजेट कार्यान्वयनलाई तिव्रता दिन निर्देशन समेत गरे । उनले आवश्यक परेको अवस्थामा मन्त्री र सचिव समेत फिल्डमा पुगेर वजेट कार्यान्वयनलाई गति दिनुपर्ने वताए ।
जिल्ला स्थित कार्यालयहरुवाट भईरहेको कामको प्रभावकारिता अनुगनमन गर्न, वजेट कार्यान्वयनमा देखिएका समस्या सामाधान गर्न र सरकारलाई जनतासम्म जोडन सरकारको राजनीतिक र प्रशासनिक नेतृत्व फिल्डमा पुग्नुपर्ने धारणा व्यक्त गैदै उनले अवको तीन महिना वजेट कार्यान्वयनलाई तिव्रता दिने र वेसलाईन सर्भेका आधारमा आवधिक योजनाको सुची तयार गर्ने काममा केन्द्रीत हुनुपर्ने वताए ।