सुर्खेत । राप्रपाका अध्यक्ष कमल थापाले राजसँस्था पक्षमा सडकमा उत्रिएकाहरुको खुलेर प्रसंशा गरेका छन् ।
उनले आफ्नो फेसबुकमा झापामा शनिबार हिन्दुराष्ट्र र राजसँस्था पुनः स्थापना हुनुपर्ने माग राख्दै सडकमा उत्रिएका जनलहरको तस्वीर शेयर गर्दै भनेका छन्,’ स्यावास राप्रपा !
उनले फोटोमा भनेका छन् –झापाबाट राष्ट्रवादी आन्दोलनको शंखघोष भएको छ ।
हिन्दुराष्ट्र र राजसंस्था पुनःस्थापना होस् भन्ने चाहना राख्नेहरूले राप्रपाको छाताभित्र गोलवन्द हुन ढिलो गर्नु हुंदैन्,’थापाले भने ।
राष्ट्रवादी धारको मूलशक्तिसंग ईर्ष्या राखेर,त्यसलाई उपेक्षा गरेर लक्ष्य प्रप्त हुंदैन्।
उनले भने,‘ सम्पूर्ण हिन्दुराष्ट्र र राजसंस्था पक्षधर समुह,समिति र व्यक्तिहरूलाई एकता र सहकार्यको निमित्त आह्वान गर्दछु ।’
एउटा बलियो राष्ट्रवादी शक्ति निर्माण गरौ ं। हिन्दुराष्ट्र, राजसंस्था सहितको लोकतन्त्रको धरातलमा सबल र समृद्ध नेपाल निर्माण गर्ने उदेश्य साकार पारौं।समय अनुकुल छ, खेर नफालौं,’ थापाले भनेका छन् ।