सुर्खेत । पछिल्लो समय गित सँगितको बजार एकदमै व्यस्त छ । कोरोना भाईरस कोभिड–१९ले प्रभावित पारेता पनि म्युजिक भिडीयोहरुभने दिनानुदिन डिजिटल बजारमा सार्वजनिक भईरहेका नै छन् ।
सोही क्रममा चर्चित गायिका मेलिना राई र सौगात जंग थापाको स्वरमा ‘मैले गर्ने माया’ बोलको गित बजारमा आएको छ ।
गित गीत विहिबार राजेश अर्याल अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको छ ।उत्तम कुमार बर्तौलाको शब्दमा रहेको गितको संगित प्रशान्त पौडेलले भरेका छन् ।
नरेश बिसीले मिक्सिङ गरेका हुन भने विशाल निरौलाले एरेन्ज गरेका हुन् ।उत्तम श्रेष्ठले निर्देशन गरेको भिडियोको छायांकन ज्ञानेन्द्र शर्माले गरेका हुन भने अमृत चाँपागाइले सम्पादन गरेका छन् ।
भिडियोमा टिकटक स्टार सुधीर श्रेष्ठ र मोडल गीता ढुंगानाको फिचर रहेकोे छ ।