हुम्ला । हुम्लाको सिमकोट गाउँपालिका –७ डाडाफयाको जबुका नजिकैे शुक्रबार राती बलेरो जीप दुर्घटना हुँदा एक बच्चा सहित ७ जना घाईते र ४ जनाको मृत्यु भएको छ ।
सिमकोटबाट बिरामी लीन हेप्काखोला गएको लु.२ च २१०२ नंम्बरको जिप बिरामी लिएर सिमकोट फर्किने क्रममा डाडाफयामा राती १०ः०० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एबं प्रहरी निरीक्षक वसिताराम बिष्टले जानकारी दिए ।
दुघटनामा परि १ जना महिला सहित ४ जनाको ४ जनाको मृत्यु भएको छ । मृतकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।
घाईते हुनेमा सिमकोट २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सिकी कल्पना सिंह, सिमकोट ८ खाल्सिका १ बर्षे बालक मिलन सिंह, सिमकोट ८ खोल्सिकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन् । घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र बच्चा सहित ५ जनाको अबस्था सामान्य भएको जिल्ला अस्पतालका डाक्टर टसि अंङजुक लामाले बताए
बलेरो जिप मुल सडक भन्दा करिब ६सय मिटर दक्षिणमा खसेको हुम्ला प्रहरीका प्रबक्ता बिष्टले बताए ।हुम्लाको रेडियो कैलासले समाचार लेखेको छ ।
जिप दुर्घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीले उद्धार गरेका थिए ।
राती भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका ससस्त्र प्रहरी बल हुम्ला प्रमुख डिएसपी मोहन बिस्टले बताए । अधिकाँशको छाथी, टाउको र हात खुट्टामा चोट लागेको प्रहरी स्रोतले जनाएको छ ।