काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति भेट्न शीतलनिवास पुगेका छन् ।
ओली केहीबेर अघि शीतलनिवास पुगेको शीतलनिवास स्रोतले पुष्टि गरेको छ । सत्तारुढ दल नेकपाका अध्यक्ष समेत रहेका ओली पार्टीभित्र खटपट भएपछि राष्ट्रपतिको सुझाव लिन शीतलनिवास जाने गर्छन् ।
प्रधानमन्त्री ओलीले आजै अपरान्ह मन्त्रिपरिषद बैठक समेत बोलाएका छन् । चार बजे बोलाइएको मन्त्रिपरिषद बैठकअघि प्रधानमन्त्री शीतलनिवास जानुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।