सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शत प्रतिशत बजेट कार्यान्वयनगर्ने लक्ष्यका साथ काम गर्न कार्यालय प्रमुखहरुलाई निर्देशन दिएका छन् ।
भौतिक पुर्वाधार विकास मन्त्रीको समेत जिम्मेवारी हेरिरहेको शाहीले बुधबार चौमासिक प्रगति समिक्षा कार्यक्रममा बोल्दै यस्तो निर्देशन दिएका हुन् ।
दिनुभएको हो ।
मुख्यमन्त्री शाहीले बजेट कार्यान्वयन सँग सम्बन्धित धेरै समस्या समाधान भएको बताउँदै चालु आर्थिक वर्षको प्रगति उदाहरणीय हुनुपर्ने बताए ।
उनले भने ,‘ संगठन संरचनाको टुंगो लागेर मन्त्रालय मातहत हरेक जिल्लामा २ वटा कार्यालय रहेको, सेवा करार मार्फत कर्मचारी अभावको समस्या सामाधान भएको, हरेक जिल्लामाप्रदेश सरकारका लेखा ईकाई कार्यालय स्थापना भएका छन् । बजेट कार्यान्वयन सहि तरिकाले हुनुपर्छ। कुनै बाहानाबाजी स्विकार हुन्न् ।’
कार्यसम्पादनका आधारमा मूल्याँकन हुने उनले जनाए । कार्यालयमा बसेर फाईलमा हस्ताक्षर गर्ने र निर्देशन मात्र दिने कार्यालय प्रमुखको कार्यशैली सच्च्याउनु पर्नेमा उनले जोड दिए ।
कार्यालय प्रमुख समेत फिल्डमा खटेर परिणाममुखी काम गर्नुपर्छ,’ शाहीले भने,‘ दोश्रो चौमासिकमा ५० प्रतिशत कार्यप्रगति सहित समिक्षागोष्ठीमा आउनपर्छ,’उनको निर्देशन छ ।
मुख्यमन्त्री शाहीले निर्माण व्यवसायीको भरमा आयोजना नछोडन निर्देशन दिदै हरेक आयोजना एवं निर्माणस्थलमा प्राविधिक खटाउनुपर्ने बताएका छन् ।
विकास आयोजनाहरुको प्रभावकारी कार्यान्वयन र गुणस्तरीय निर्माणकार्यको लागि अनुगमन तथा निरिक्षणको कार्यलाई कडाई गर्नुपर्ने पनि शाहीले बताए ।
‘ भुक्तानी प्रक्रियामा ढिलासुस्तीको गुनासो म कहाँ आएको छ,’शाहीले भने ,‘ कार्यसम्पन्न भएका आयोजनाहरुको भुक्तानीमा ढिलासुस्ती एवं अनावश्यक दुख दिने कार्य स्वीकार्य हुन्न्।’
साथै मुख्यमन्त्री शाहीले दोश्रो चौमासिक सम्म बजेट कार्यान्वयनलाई तिव्र बनाउन आग्रहगर्दै विभागीय मन्त्रीको सहमतिविना कोहीपनि कार्यालय प्रमुखको विदा स्वीकृत नगर्न सचिवलाई निर्देशन दिएका छन् ।
भर्चुअलप्रविधिप्रयोग गरी आयोजना गरिएको प्रगति समिक्षा कार्यक्रममा मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार भिमप्रकाश शर्मा, मन्त्रालयका सचिवधर्मेन्द्र झा, महाशाखा प्रमुखहरु, निर्देशनालयका प्रमुखहरु र १० वटै जिल्लाका कार्यालयका प्रमुखहरुको सहभागिता थियो ।