काठमाडौँ । राष्ट्रिय सभा सांसद रामनारायण विडारीले स्वास्थ्य मन्त्रालयले विधिको शासन अनुसार काम नगरेको बताएका छन्।
उनले मन्त्रालयले प्रवाह गर्ने सूचना एकरूप नभएकाले त्यसले जनमानसमा भ्रम र अप्ठ्यारा सिर्जना गर्ने जनाए।
’एकदिन कोभिडको उपचार शुल्क लाग्छ भनेर सूचना जारी गर्नुहुन्छ। अर्को दिन शुल्क लाग्दैन भन्नुहुन्छ। फेरि असहायको लाग्दैन अरूको लाग्छ भन्नुहुन्छ यो तपाईंहरूको हुकुमी शासन जस्तो भएन?,’ विडारीले प्रश्न गरे।
मन्त्रालयले गर्ने कुरा कानुनसम्मत हुनुप¥यो भन्दै उनले भने, ’सरकारले त एउटा कुरा गर्नुप¥यो नि ट्वाक ट्वाक।’
उनले मन्त्रालयका प्रवक्ताले गर्ने कुराप्रति असन्तुष्टि पोखे।लअभिि ष्ल
’एकदिन सिकिस्त बिरामी भएपछि मात्र अस्पताल आउनु भनेको छ र अर्को दिन लक्षण देखिनेबित्तिकै अस्पताल आउनु भनेको छ। प्रवक्ताले के आधारमा बोलेको?,’ उनले प्रश्न गरे।setoati